Skip to content
Shikhar Insurance
National Life

नेप्सेले गर्याे एकै दिन ५ कम्पनीको सेयर मुल्य समायोजन, आइतबार कतिमा खुल्ला कारोबार ?

Hyundai
NCELL
NIMB

काठमाडौं। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले एकै दिन ५ वटा कम्पनीको सेयर मूल्य समायोजन गरेको छ। बिहीबार नेप्सेले युनाइटेड इन्स्योरेन्स, फर्स्ट माइक्रोफाइनान्स, फरवार्ड माइक्रोफाइनान्स, कालिका पावर र आरएसडिसी लघुवित्तको सेयर मूल्य समायोजन गरेको हो।

नेप्सेले युनाइटेड इन्स्योरेन्सको ५ प्रतिशत, फर्स्ट माइक्रोफाइनान्सको १९ प्रतिशत, फरवार्ड माइक्रोफाइनान्सको २५ प्रतिशत, कालिका पावरको १५ प्रतिशत र आरएसडिसी लघुवित्तको ८ प्रतिशत बोनस सेयरका आधारमा सेयर मूल्य समायोजन गरेको हो।

यी कम्पनीहरुले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थका लागि बुक क्लोज गरेसँगै नेप्सेले सेयर मूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो।

नेप्सेले बिहिबारको अन्तिम कारोबार मूल्यका आधारमा यी कम्पनीहरुको सेयर मूल्य समायोजन गरेको छ।बिहिबार कारोबारको दिन दोस्रो बजारमा युनाइटेड इन्स्योरेन्सको सेयर मूल्य ४०२ रुपैयाँ, आरएसडिसी लघुवित्तको ५६७ रुपैयाँ ९० पैसा, कालिका पावरको ३८५ रुपैयाँ ४० पैसा, फरवार्ड माइक्रोफाइनान्सको २ हजार ३८० रुपैयाँ र फर्स्ट माइक्रोफाइनान्सको ७६२ रुपैयाँ ९० पैसामा अन्तिम कारोबार भएको थियो ।

समायोजनपछि युनाइटेड इन्स्योरेन्स्को सेयरमूल्य ३८३ रुपैयाँ ८६ पैसा, फर्स्ट माइक्रोफाइनान्सको सेयर मूल्य ६४१ रुपैयाँ ९ पैसा, फरवार्ड माइक्रोफाइनान्सको १ हजार ९०४ रुपैयाँ, कालिका पावरको ३३५ रुपैयाँ १३ पैसा र आरएसडिसी लघुवित्तको ५२५ रुपैयाँ ८६ पैसा कायम भएको छ।

उक्त समायोजित सेयर मूल्यमा आइतबार दोस्रो बजारमा यी कम्पनीहरुको सेयर कारोबार खुल्नेछ ।

GBIME

प्रतिक्रिया दिनुहोस्