Skip to content
Shikhar Insurance
National Life

नेप्सेमा ५ कम्पनीको सेयर मूल्य समायोजन

Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा ५ कम्पनीको सेयर मूल्य समायोजन भएको छ। नेप्सेले ३ बैंक सहित ५ कम्पनीको सेयर मूल्य समायोनज गरेको हो ।

नेप्सेले नबिल बैंकको १८.५० प्रतिशत, हिमालयन बैंकको ८ प्रतिशत, महालक्ष्मी विकास बैंकको ४ प्रतिशत, बुटवल पावर कम्पनीको ५ प्रतिशत र सिद्धार्थ इन्स्योरेन्स्को ९ प्रतिशत बोनस सेयरमा सेयर मुल्य समायोजन गरेको हो।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ यी कम्पनीहरुले बुक क्लोज गरेसँगै नेप्सेले सेयर मूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो।

समायोजनपश्चात नबिल बैंकको सेयरमूल्य ७२१ रुपैयाँ १० पैसा, हिमालयन बैंकको ३३८ रुपैयाँ ६ पैसा, महालक्ष्मी विकास बैंकको ३३३ रुपैयाँ ६५ पैसा, बुटवल पावर कम्पनीको ३२२ रुपैयाँ ३८ पैसा र सिद्धार्थ इन्स्योरेन्स्को ५९१ रुपैयाँ ६५ पैसा कायम भएको छ।

नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा यी कम्पनीहरुको सेयर मूल्य समायोजन गरेको हो। अघिल्लो कारोबार दिन अर्थात आइतबार, नबिल बैंकको सेयर ८५४ रुपैयाँ ५० पैसा, हिमालयन बैंकको २६५ रुपैयाँ १० पैसा, महालक्ष्मी विकास बैंकको ३४७ रुपैयाँ, बुटवल पावर कम्पनीको ३३८ रुपैयाँ ५० पैसा र सिद्धार्थ इन्स्योरेन्सको ६४४ रुपैयाँ ९० पैसामा अन्तिम कारोबार भएको थियो।

उक्त समायोजन पछिको सेयर मूल्यलाई आधार मानेर दोस्रो बजारमा कम्पनीहरुको सेयर कारोबार खुल्नेछ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्