Skip to content
Shikhar Insurance
National Life

नेप्सेमा करेक्सन, २६.६६ अंकले घट्यो, कारोबार रकम भने बढ्यो

Hyundai
NCELL
NIMB

काठमाडौं । साताको दोस्रो कारोबार दिन नेप्सेमा करेक्सन देखिएको छ। गत साताको पहिलो कारोबार दिनदेखि १४२ अंक बढेको नेप्सेमा यस दिन सामान्य करेक्सन देखिएको हो।

नेप्से परिसूचक २२००.५० विन्दुमा झरेको हो। यस दिन सेन्सेटिभ इण्डेक्स ६.१४ अंक घटेको छ भने फ्लोट इण्डेक्स २.२३ अंक र सेन्सेटिभ इण्डेक्स २.३२ अंक घटेको हो।

नेप्से घटेपनि यस दिन कारोबार रकम भने बढेको छ। अघिल्लो कारोबार दिन ४ अर्ब ३७ करोडको सेयर खरिदबिक्री भएको बजारमा यस दिन २६५ कम्पनीको ७४ हजार १६१ पटकको कारोबारमा ४ अर्ब ७३ करोड रुपैयाँ बराबरको २ करोड ९ लाख कित्ता सेयर खरिदबिक्री भएको छ।

सोमबार किसान लघुवित्तको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। लघुवित्तको सेयरमूल्य यस दिन ७९ रुपैयाँ २० पैसा बढेर ८७१ रुपैयाँ २० पैसामा अन्तिम कारोबार भएको छ।

त्यसैगरी, नेपाल पुनर्बीमा कम्पनीको सेयरमूल्य ५.९६ प्रतिशत बढेको छ। यस दिन एनआईबिएल ग्रोथ फण्ड र लिबर्टी इनर्जीको सेयरमूल्य ६ प्रतिशतभन्दा बढी घटेको छ।

कारोबार रकमका आधारमा नेपाल पुनर्बीमा कम्पनी शीर्ष स्थानमा रहेको छ। कम्पनीको २५ करोड ५६ लाख रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ।

त्यसैगरी, यस दिन ग्लोबल आइएमई बैंकको १९ करोड १६ लाख, प्रभु बैंकको १५ करोड १९ लाख, शिवम् सिमेन्टको १३ करोड ३९ लाख र कुमारी बैंकको १३ करोड १४ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।

१३ उपसमूहमध्ये यस दिन २ उपसमूहको परिसूचक बढेको छ भने ११ उपसमूहको परिसूचक घटेको छ। यस दिन अन्य उपसमूहको परिसूचक सर्वाधिक २.८७ प्रतिशत बढेको छ भने म्युचुअल फण्ड उपसमूहको परिसूचक ०.९५ प्रतिशत बढेको छ। कारोबारमा आएको विकास बैंक उपसमूहको परिसूचक यस दिन सर्वाधिक ३.५० प्रतिशत घटेको छ भने बैंकिङ्ग र व्यापार उपसमूहको परिसूचक यस दिन २ प्रतिशतभन्दा बढी घटेको छ।

GBIME

प्रतिक्रिया दिनुहोस्