Skip to content
Shikhar Insurance
National Life

नेपाल वेयरहाउजिङ्गको आईपीओ बाँडफाँट, नतिजा कसरी हेर्ने ?

Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल वेयर हाउजिङ्ग कम्पनी लिमिटेडको आईपीओ बाँडफाँट भएको छ। कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक हिमालयन क्यापिटलको कार्यालयमा उक्त आईपीओ बाँडफाँट भएको हो।

कम्पनीले मंसिर १० गतेदेखि १३ गतेसम्म सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ११ लाख ४१ हजार २५० कित्ता सेयर निष्कासन गरेको थियो। सो सेयरमा कुल १२ लाख ७६ हजार ५५८ आवेदन परेको थियो। जसमध्ये ११ लाख ९१ हजार ९८८ आवेदन स्वीकृत भएका छन् भने बाँकी आवेदन रद्द भएका छन्।

मागभन्दा बढी आवेदन परेका कारण धितोपत्र बाँडफाँट निर्देशिका अनुसार गोलाप्रथा प्रक्रिया मार्फत कम्पनीको आईपीओ बाँडफाँट गरिएको छ। जसअनुसार १ लाख १४ हजार १२५ आवेदकले १० कित्ताका दरले कम्पनीको सेयर प्राप्त गरेका छन।

लगानीकर्ताले बिक्री प्रबन्धक हिमालयन क्यापिटको वेबसाइट र मेरोसेयर एकाउन्टबाट आइपीओको नतिजा हेर्न सक्नेछन् । साथै, नेपाल वेयर हाउजिङ कम्पनीको वेबसाइट तथा सीडीएस एन्ड क्लियरिङले आइपीओ रिजल्ट हेर्न बनाएको वेबसाइट https://iporesult.cdsc.com.np/  बाट पनि रिजल्ट हेर्न सकिन्छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्