Skip to content
Shikhar Insurance
National Life

नेपाल वायुसेवा निगमको ‘मकालु’ जहाज अब नियमित उडानमा

Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल वायुसेवा निगमको ए–३३० वाइडबडी जहाज ‘नाइन एन–एएलजेड’ (मकालु) आजदेखि पुन: नियमित उडानमा जाने भएको छ । जहाजको नियमित सि–चेकको मर्मतपश्चात् नियमित उडान गर्न लागिएको निगमका प्रवक्ता रमेश पौडेलले  बताएका हुन् ।

जहाज मर्मतका लागि तीन महिनाअघि इटाली लगिएको थियो । उनले भने ‘अन्तर्राष्ट्रिय विधिसम्मत प्रक्रिया पूरा गरी सि–चेकको मर्मतसम्भारपछि जहाज आइपुगेको छ । जहाज बिहान ८ बजेर ५२ मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थिया । आज बेलुकाबाटै उडान सुरु हुनेछ ।’

उक्त जहाजसहित निगमका चारवटै जहाजले अन्तर्राष्ट्रिय क्षेत्रमा नियमित उडान गरेसँगै यात्रुलाई थप सेवा पुग्ने विश्वास गरिएको प्रवक्ता पौडेलले जानकारी दिए ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्