Skip to content
Shikhar Insurance
National Life

नेपाल लिकर्सले ल्यायो मिस्टर डोवल्स, मूल्य ९२० रुपैयाँ मात्रै

Hyundai
NCELL
NIMB

नेपाल लिकर्स प्रालिले नयाँ ब्राण्ड ‘मिस्टर डोवल्स नम्बर वान लग्जरी’ बजारमा ल्याएको छ। एक कार्यक्रमकाबीच ब्राण्डलाई सार्वजनिक गरिएको हो । उक्त ब्राण्ड यसै सातादेखि बजारमा पनि उपलब्ध भएको छ।

७५०, ३७५, र १८० मिलि लिटरको बोतलमा यो ब्राण्ड बजारमा उपलब्ध छ। यी ब्राण्डहरु क्रमशः ९२० रुपैयाँ, ४६० रुपैयाँ र २३० रुपैयाँमा बजारमा उपलब्ध हुनेछन् ।

प्रालिका अध्यक्ष राजेशवीर सिंह तुलाधारले नेपाली बजारमा अन्तर्राष्ट्रिय ब्राण्डको स्वाद नेपाली उपभोक्तालाई सुपथ मूल्यमा उपलब्ध गराउने उद्देश्यले मिस्टर डोवल्स नम्बर वान लग्जरी बजारमा ल्याएको बताए।

विश्व प्रख्यात ब्राण्डहरुको उत्पादन गर्दै आएको नेपाल लिकर्स प्रालिले एन्टिक्वेटी, सिग्नेचर, रोयल च्यालेन्ज, ब्लू रिबन्ड जीनजस्ता ब्राण्डहरु उपभोक्तामाझ ल्याइसकेको छ।

GBIME

प्रतिक्रिया दिनुहोस्