Skip to content
Shikhar Insurance
National Life

नेपाल लाइफ इन्स्योरेन्सद्वारा ६४ लाख २५ हजार रुपैयाँ दाबी भुक्तानी

Hyundai
NCELL
NIMB

काठमाडौं। नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले ६४ लाख २५ हजार रुपैयाँ दाबी भुक्तानी गरेको छ। टीकापुर नगरपालिका-१, कैलाली घर भएका बिमित नरबहादुर साउदको गत वैशाख १६ गते क्यान्सरका कारण निधन भएको थियो।

टीकापुरमा आयोजित एक कार्यक्रमबीच कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीणरमण पराजुलीले ६४ लाख २५ हजार रुपैयाँको चेक मृतकले इच्छाइएको व्यक्ति ज्ञानुदेवी साउद (श्रीमती) लाई हस्तान्तरण गरेका हुन्।

आफ्नो जीवनकालमा मृतकले नेपाल लाइफ इन्स्योरेन्स टीकापुर शाखा कार्यालयबाट २०७५ भदौ १३ गते ५० लाख रुपैयाँ बिमांक भएको जीवन बिमा योजना लिएका कम्पनीको भनाइ छ।

बिमांक बापतको रकमअन्तर्गत ५० लाख रुपैयाँ र बोनसबापत १४ लाख २५ हजार गरी जम्मा ६४ लाख २५ हजार रुपैयाँ इच्छाइएको व्यक्तिलाई प्रदान गरिएको हो। कागजात प्राप्त भएको पाँच दिन भित्र नै कम्पनीले उक्त रकम भुक्तानी गरेको बताएको छ।

दाबी प्रक्रियालाई चुस्त दुरुस्त, छिटोछरितो बनाउन कम्पनीले नवीनतम प्रविधिको अधिकतम प्रयोग गर्दै आएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीणरमण पराजुलीले बताए।

GBIME

प्रतिक्रिया दिनुहोस्