Skip to content
Shikhar Insurance
National Life

नेपाल लाइफले ५ दिनमै गर्‍याे ६४ लाख २५ हजारका दावी भुक्तानी

Hyundai
NCELL
NIMB

कैलाली । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले ६४ लाख २५ हजार दावी भुक्तानी गरेको छ । टीकापुर न.पा ०१, कैलाली घर भएका बीमित नर बहादुर साउदको २०८० वैशाख १६ गते क्यान्सरका कारण असामायिक निधन भएकोमा बीमितको घर टीकापुरमै कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले ६४ लाख २५ हजारको चेक मृतकले इच्छाइएको व्यक्ति ज्ञानु देवी साउद (श्रीमती) लाई हस्तान्तरण गरेका छन् ।

आफ्नो जीवनकालमा नर बहादुर साउदले नेपाल लाइफ इन्स्योरेन्स क.लि टीकापुर शाखा कार्यालयबाट २०७५/०५/१३ गते ५०,००,०००/– बीमाङ्क भएको जीवन बीमा योजना लिएका थिए । बीमाङ्क बापतको रकम अन्तर्गत ५०,००,०००/– र बोनस बापत  १४,२५,०००/– गरी जम्मा ६४,२५,०००।– इच्छाइएको व्यक्ति (श्रीमती) लाई प्रदान गरिएको कम्पनीले जनाएको छ ।

कागजात प्राप्त भएको ५ दिन भित्रनै कम्पनीले भुक्तानी गरिएको, दावी प्रक्रियालाई चुस्त दुरुस्त, छिटोछरितो बनाउन कम्पनीले नविनतम प्रविधिको अधिकतम प्रयोग गर्दै आएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले बताएका छन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्