Shikhar Insurance
National Life

नेपाल लाइफका लगानीकर्तालाई १५ प्रतिशत नगद लाभांश

सिंहदरबार संवाददाता
२०७९ आश्विन १, शनिबार २१:००
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आफ्ना लगानीकर्तालाई १५ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ । भदौ ३० गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले लगानीकर्ताहरुलाई १५.७८९५ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो । सोमध्ये ०.७८९५ प्रतिशत भने कर प्रयोजनका लागि छुट्याईएको छ । कम्पनीले आर्थिक वर्ष २०७७।७८ सम्मको सञ्चित मुनाफाबाट त्यस्तो नगद लाभांश बाढ्न लागेको हो ।

८ अर्ब २० करोड ७९ लाख ९४ हजार ७ सय १९ रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीले १५ प्रतिशतले हुने एक अर्ब २९ करोड ५९ लाख ९४ हजार ७ सय रुपैयाँ बराबरको नगद लाभांश दिन लागेको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance
GBIME

प्रतिक्रिया दिनुहोस्