Shikhar Insurance
National Life

नेपाल र भारतबीच क्रसबोर्डर डिजिटल पेमेन्ट सम्झौताले भुक्तानीमा थप सहजः गभर्नर

सिंहदरबार संवाददाता
२०८० जेष्ठ २१, आईतवार १६:३२
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आइतबार आर्थिक मिडिया सञ्चालक संघसँगको भेटमा नेपाल र भारतबीच क्रसबोर्डर डिजिटल पेमेन्टमा भएको सम्झौताले दुई देशबीचको भुक्तानीमा थप सहज हुने बताएका छन् ।

गभर्नर अधिकारीले आज संघसँगको भेटमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को भारत भ्रमणको क्रममा भएको क्रसबोर्डर डिजिटल पेमेन्ट सम्झौताले दुवै देशका नागरिकलाई डिजिटल कारोबारमा सहजता ल्याउने बताए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

उनले नेपाल र भारतका एकै किसिमका संस्थाहरूबीच क्रसबोर्डर डिजिटल पमेन्ट सम्झौता भएको भन्दै नेपाल भारत सीमामा रहेका भुक्तानी समस्या समाधान हुने बताए । उनले नेपालमा डिजिल पेमेन्टको पूर्वाधार निर्माण गर्ने एसीएचएललाई राष्ट्र बैंकले आवश्यक सहयोग गर्ने बताए ।

उनले नेपाल र भारतबीच भएको क्रसबोर्डर डिजिटल पेमेन्ट सम्झौताले मुख्य गरी भारतबाट नेपाल आउने पर्यटकलाई रहेको पेमेन्टको समस्या हल गर्ने बताए । नेपालबाट भारत उपचार गर्न जाने बिरामी, विद्यार्थी, पर्यटक र तीर्थयात्रीहररूलाई नोट साट्नुपर्ने बाध्यता हट्ने उनको भनाइ छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्