Skip to content
Shikhar Insurance
National Life

नेपाल राष्ट्र बैंकले मनिचेञ्जर काराेबार गर्ने २ कम्पनीको गर्यो लाइसेन्स खारेज

Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल राष्ट्र बैंकले २ वटा मनिचेञ्जरहरुको इजाजतपत्र (लाइसेन्स) रद्द गरेको छ । बिहीबार बैंककले एक सूचना जारी गर्दै मनिचेञ्जर कारोबार गर्न लाइसेन्स प्राप्त गरि नविकरण नगरेका २ वटा कम्पनीको लाइसेन्स रद्द गरेको हो ।

बैंकका अनुसार ठमेल, काठमाडौं, रेन्बो मनि एक्स्चेञ्ज प्रालि कसा मनि एक्स्चेञ्ज प्रा.लि पुल्चोक, ललितपुरलाई इजाजत पत्र रद्द गरेको छ ।

मनिचेञ्चर इजाजतपत्र तथा निरीक्षण विनियमावली, २०७७ (चौंथो संशोधनसहित)  को विनिमय १९ को उप विनियम (३) बमोजिम तोकिएको समयमा नवीकरण नगरेकाले लाइसेन्स रद्द गरिएको राष्ट्र बैंकले जनाएको छ ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्