Skip to content
Shikhar Insurance
National Life

नेपाल राष्ट्र बैंकले खारेज गर्यो ५ वटा रेमिट्यान्स कम्पनीहरूकाे लाइसेन्स खारेज

Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल राष्ट्र बैंककले ५ वटा रेमिट्यान्स कम्पनीहरुको इजाजतपत्र (लाइसेन्स) रद्द गरेको छ । शुक्रबार बैंकले एक सूचना प्रकाशन गर्दै ५ वटा रेमिट्यान्स कम्पनीहरुको लाइसेन्स रद्द गरेको हो ।

बैंकका अनुसार लाजिम्पाट काठमाडौंमा रहेको राम्रो रेमिट, गौशालामा रहेको ग्लोबल माउनटेन, संसार रेमिट प्रालिको दरबारमार्ग, काठमाडौं न्यूरोडको ललित मनि ट्रान्सफर र अनामनगरको माक्स मनि ट्रान्सफर प्रा.लि.को लाइसेन्स खारेज भएको बैंकले जानकारी दिएको हो ।

मनिचेञ्चर इजाजतपत्र तथा निरीक्षण विनियमावली, २०७७ (प्रथम संशोधनसहित) को विनिमय १३ को उप विनियम (१०) खण्ड (ङ) र सोही विनियमको उप–विनियम (११) को खण्ड  (क) र (ग)  बमोजिम तोकिएको समयमा नवीकरण नगरेकाले लाइसेन्स रद्द गरिएको राष्ट्र बैंकले जनाएको छ ।

रेमिट्यान्स कारोबारको सिलसिलामा ती कम्पनीहरुसँग वा कुनै व्यक्ति तथा संस्थाले लेनदेन (विप्रेषणसँग सम्वन्धित कारोबार मात्र) रकम बाँकी रहेको भए ३५ दिनभित्र राष्ट्र बैंकमा जानकारी गराउनपर्ने छ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्

Thoughts MORE