Skip to content
Shikhar Insurance
National Life

नेपाल बैंकर्स संघले पायो नयाँ नेतृत्व, कार्यसमितिको को को ?

Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल बैंकर्स संघमा नयाँ कार्यसमिति चयन भएको छ । मंगलबार भएको संघको साधारणसभाले संघको नयाँ नेतृत्व चुनेको हो ।

अध्यक्ष भुवन कुमार दाहालको दुई वर्षे कार्यकाल पूरा भएसँगै आगामी दुई वर्षका लागि कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल कुमार उपाध्यायको नेतृत्वमा संघको नयाँ कार्यसमिति बनेको हो । संघको उपाध्यक्षमा एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसी चयन भएका छन् ।

संघको सदस्यमा लक्ष्मी बैंकका अजयकुमार साह, मेगा बैंककी अनुपमा खुञ्जेली, नेपाल बैंकका कृष्णबहादुर अधिकारी, नेपाल एसबीआई बैंकका दिपक कुमार दे, सनराइज बैंकका सुनम शर्मा, माछापुच्छ्रे बैंकका सन्तोष कोइराला र एनआइसी एशिया बैंकका रोशन कुमार न्यौपाने चयन भएका छन्।

यस्तै संघका पुर्व अध्यक्षहरू अनिल केशरी शाह, अशोक राणा र ज्ञानेन्द्र प्रसाद ढुंगाना सल्लाहकार छन्।

GBIME

प्रतिक्रिया दिनुहोस्