Skip to content
Shikhar Insurance
National Life

नेपाल बङ्गलादेश बैंकको ११ औं एक्स्टेन्सन काउन्टर सिमरामा

Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल बङ्गलादेश बैंकले सिमरा उपमहानगरपालिका वडा नं. १५ स्थित भारतीचोक, डुमरवानामा आफ्नो ११औं विस्तारित सेवा केन्द्रको शुभारम्भ गरेको छ । उक्त सेवा केन्द्रको औपचारिक समुद्घाटन वडा नं. १५ का वडाअध्यक्ष राम प्रसाद लामिछानेले गरेका थिए ।

बैंकले उक्त विस्तारित सेवा केन्द्रले सिमरा उपमहानगरपालिका वडा नं. १५ का साथै वडा नं ११, १२, १३, १४ र १६ मा वित्तिय पहुँच पुर्याई हरेक नेपालीको कम्तिमा एक खाता खोल्ने नेपाल सरकारको नीतिलाई सघाउने उद्देश्यका साथविस्तारित सेवा केन्द्र सञ्चालनमा ल्याएको जनाएको छ ।

यस विस्तारित सेवाबाट यस भेगमा छरिएर रहेको पुँजीलाई एकीकृत गर्न सघाउ पुग्नुका साथै विदेशबाट प्राप्तहुने रेमिट्यान्स सोझै बैंक खातामा जम्मा हुने, चेक क्लियरिङ्ग तथा व्यवसायजन्य कारोबारका लागि अन्यत्र टाढा जानुनपर्ने, सामाजिक सुरक्षालगायत नेपाल सरकारबाट बैंकिङ्ग प्रणालीमार्फत् प्राप्त हुने सम्पूर्ण सेवाहरु सजिलै प्राप्त हुने, शिक्षक एवं कर्मचारीहरुको तलबी खाता सञ्चालन गर्न सहज हुने लगायतका सुविधाहरू सहजै प्राप्तहुने बैंकले जानकारी गराएको छ ।

“सबैका लागिबैंक”भन्ने मूलनारा सहित स्थापनाको २७औँ वर्ष पूरा गरेको नेपाल बङ्गलादेश बैंकले आफ्ना १०० शाखा, ११ एक्सटेन्सन काउन्टर, तथा ८४ वटा एटीएम बाट बैंकिङ्ग सुविधा उपलब्ध गराउँदै आएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्