Skip to content
Shikhar Insurance
National Life

नेपाल बंगलादेश बैंकको नवौं विस्तारित सेवा केन्द्र ढुंगेपाटनमा

Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल बंगलादेश बैंकले कास्कीमा नयाँ विस्तारित सेवा केन्द्र सुरु गरेको छ । पोखरा महानगरपालिकाको वडा नं. ३०, खुदी ढुंगेपाटनमा बैंकले आफ्नो नवौं विस्तारित सेवा केन्द्र सञ्चालनमा ल्याएको हो ।

सेवा केन्द्रको उद्घाटन पोखरा महानगरपालिका वडा नं. ३० का वडा अध्यक्ष श्रीराम पोखरेलले गरे । पोखरा महानगरपालिकामा खोलिएको यस विस्तारित सेवा केन्द्रले महानगरपालिकाको वार्ड नम्बर २९, ३०, ३१, ३२ तथा ३३ मा वित्तिय पहुँच पुर्‍याई हरेक नेपालीको एक बैंक खाता खोल्ने नेपाल सरकारको नीतिलाई सघाउ पुर्‍याउने उद्देश्यका साथ बैंकले आफ्नो सेवा केन्द्र सञ्चालनमा ल्याएको जनाएको छ । उक्त विस्तारित सेवा केन्द्र पोखरा विश्वविद्यालय हाता नजिकै खोलिएकाले विश्वविद्यालयमा अध्ययनरत विद्यार्र्थी तथा शिक्षक पनि लाभान्वित हुने विश्वास बैंकको छ ।

सो विस्तारित सेवा केन्द्रबाट यस भेगमा छरिएर रहेको पुँजीलाई एकीकृत गर्न सघाउ पुग्नुका साथै विदेशवाट प्राप्त हुने रेमिट्यान्स सोझै बैंक खातामा जम्मा हुने, चेक क्लियरिङ तथा व्यवसायजन्य कारोबारका लागि लागि अन्यत्र टाढा जान नपर्ने, सामाजिक सुरक्षा लगायत नेपाल सरकारबाट बंंैकिङ प्रणाली मार्फत प्राप्त हुने सम्पुर्ण सेवाहरू सजिलै प्राप्त गर्ने, शिक्षक एवं कर्मचारीहरुको तलबी खाता सञ्चालन गर्न सहज हुने लगायतका सुविधाहरू सहजै प्राप्त हुने बैंकले जानकारी गराएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्