Skip to content
Shikhar Insurance
National Life

नेपाल प्रहरी ऐनलाई नयाँ विधेयकको रुपमा छिट्टै संसदमा पेस गर्छौं : गृहमन्त्री लेखक

Hyundai
NCELL
NIMB

काठमाडौं । गृहमन्त्री रमेश लेखकले नेपाल प्रहरी ऐन, २०१२ लाई नयाँ विधेयकको रुपमा छिट्टै संसदमा पेस गर्ने बताएका छन् ।

बुधबार संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले प्रहरीको संगठनलाई सुदृढ,गर्न, मुलुकमा न्याय व्यवस्था, विधिको शासन कायम गर्न नेपाल प्रहरीको नयाँ कानून निर्माण गर्ने तयारीमा सरकार रहेको स्पष्ट पारेका हुन् ।

उनले सरकाले सशष्त्र प्रहरी बल, नेपाल ऐनलाई पनि समसामयिक बनाउने गरी नयाँ विधेयक संसदमा पेश गर्ने भएकाले त्यसलाई गम्भिर र अर्थपूर्ण रुपमा छलफल गरेर निष्कर्षमा पुर्‍याउने काममा लाग्न पनि संसदीय समितिहरुलाई आग्रह गरे । मुलुकको शान्ति सुरक्षा र अमनचैन कायम हुनेगरी सरकारले कानून निर्माणको कामलाई प्राथमिकता दिएको गृहमन्त्री लेखकको भनाई थियो ।

उनले भने, ‘अहिले हाम्रो प्राथमिकता भनेको केही कानूनहरुको निर्माण हाम्रो प्राथमिकता हो । देशमा शान्ति सुरक्षा कायम गर्नका लागि, अमनचैन स्थापित गर्नका लागि, सुशासनको प्रत्याभूति र सुनिश्चितता गर्नका लागि केही कानूनहरु नयाँ निर्माण गर्नुपर्ने, संशोधन गर्नुपर्ने, समसामयिक रुपले परिमार्जन गर्नुपर्ने कुरालाई हामीले प्राथमिकतामा राखेका छौं ।’

गृहमन्त्री लेखकले कर्मचारी सरुवा हुने कुरालाई सामान्य रुपमा लिन पनि सांसदहरुलाई आग्रह गरे । सरुवालाई सरुवाको रुपमा बुझ्दा सही हुने र त्यसले देश र जनताको पक्षमा काम गर्न सरकारलाई पनि सहयोग पुग्ने उनले बताए ।

GBIME

प्रतिक्रिया दिनुहोस्