Skip to content
Shikhar Insurance
National Life

नेपाल पुनर्बिमा कम्पनीको २० लाख कित्ता सेयर बिक्रीमा

Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल पुनर्बिमा कम्पनीले हिमालयन एभरेष्ट इन्स्योरेन्सको स्वामित्वमा रहेको संस्थापक सेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक सेयरधनीकाे नाममा रहेकाे २० लाख कित्ता सेयर बिक्रीमा ल्याएको  हो ।

उक्त सेयरको लागि न्यूनतम २८० रुपैयाँ तोकिएको हुँदा आवेदन दिदा सो वा सो बढी मूल्य कबोल गरी गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ । लगानीकर्ताले न्यूनतम १ लाख कित्तादेखि अधिकतम २० लाख कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

सेयर खरिदको लागि इच्छुक विद्यमान संस्थापक सेयरधनी वा अन्य जो कोही व्यक्ति, कम्पनी तथा विभिन्न संघ संस्थाहरुले आवश्यक कागजात संकलन गरी सूचना प्रकाशित भएको १५ दिनभित्र कम्पनीको थापागाँउ स्थित कार्यालयमा निवेदन पेश गर्ने सक्नेछन् ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्