Skip to content
Shikhar Insurance
National Life

नेपाल-पाकिस्तान सिधा हवाई सेवा सञ्चालन गर्न चेम्बरको आग्रह

Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले नेपाल पाकिस्तान सिधा हवाई सेवा सञ्चालनका लागि नवनियुक्त राजदूत अब्रर हुसैन हास्मीसमक्ष आग्रह गरेको छ। दुई मुलुक बीचको व्यापार सहजिकरण एवं पर्यटकीय गतिविधि वृद्धि गर्नका लागि सिधा हवाई सम्पर्क आवश्यक रहेकोमा चेम्बरले जोड दिएको हो।

नेपालका लागि नवनियुक्त पाकिस्तानी राजदुत हास्मीलाई काठमाडौंको जमलस्थित चेम्बर भवनमा स्वागत गर्दै चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले दुई मुलुकबीचको व्यापार वृद्धि, पर्यटन आदान प्रदान एवं अन्य आर्थिक, व्यापारिक गतिविधी विस्तारका लागि तत्काल हवाई सेवा सञ्चालनमा ल्याउनुपर्नेमा जोड दिए । हवाई सेवा सञ्चालन गर्न दुई मुलुकबीच सरकारी तबरबाटै पहल गर्न र नीजि क्षेत्रमा पनि सहकार्य गराउन अध्यक्ष मल्लले राजदूत हास्मीसंग आग्रह गरे ।

‘नेपाल र पाकिस्तानबीच हवाई दुरी जम्मा तीन घण्टाको छ, यसलाई सदुपयोग गर्न सकियो भने दुई मुलुकबीचको व्यापार वृद्धि र पर्यटन विस्तार गर्न सकिन्छ, अध्यक्ष मल्लले भने, ‘सार्क सदस्य राष्ट्रको हैसियतले अन्य थुप्रै आर्थिक गतिविधी बढाएर दुवै मुलुकले लाभ प्राप्त गर्न सक्छन् ।’

नेपाल चेम्बर अफ कमर्स र पाकिस्तान चेम्बर अफ कमर्सबीच थुप्रै क्षेत्रमा व्यापारिक सहकार्यको सम्भावना रहेकाले उच्चस्तरीय भेटवार्ताका लागि आफुहरु तयार रहेको अध्यक्ष मल्लले बताए । निजी क्षेत्रबीचको सहकार्य मार्फत हवाई सेवा सञ्चालन, साना तथा मझौला उद्योगमा संयुक्त लगानी बढाएर दुवै देशले लाभ लिन सक्ने प्रचुर सम्भावना रहेको अध्यक्ष मल्लको भनाई छ ।

पाकिस्ताबाट नेपालले अहिले औषधी, प्रशोधित छालाजन्य पदार्थ, मेसिनरी वस्तु, जुत्ता, चप्पल लगायतका वस्तु आयात गर्दै आएको छ भने मह, कफी , चिया, हस्तकलाका सामान, अलैंची, आँखाको लेन्स, उनी धागो लगायतका वस्तु निर्यात गर्ने गरेको छ ।

काठमाडौं कराँचीबीच सिधा हवाई सेवा सञ्चालन गर्न सकिए व्यापार सहजीकरण हुने र पर्यटन गतिविधी बढाउन पनि सहज हुने अध्यक्ष मल्लको विश्वास छ । पाकिस्ताबाट वार्षिक औषत ४ हजार हाराहारीमा पर्यटक नेपाल घुम्न आउने गरेका छन् ।

अध्यक्ष मल्लले थपे, ‘दुई मुलुकबीचको सीधा हवाई सेवा विस्तार हुने हो भने हालको व्यापार र पर्यटकीय गतिविधीलाई १० गुणा सम्मले वृद्धि गर्न सकिन्छ ।’

नेपालका लागि पाकिस्तानी राजदुत हास्मीले पनि हवाई सेवा सञ्चालनका लागि सरकारी तवरबाटै पहल हुनुपर्ने बताएइका छन् । नेपाल र पाकिस्तानबीच दुवै मुलुकलाई फाईदा हुनेगरि आर्थिक सम्भावनाका क्षेत्रहरुको पहिचान गर्नुपर्नेमा राजदूत हास्मीको जोड छ । यसका लागि प्राथमिकताका क्षेत्रहरु पहिचान हुनुपर्ने उनको भनाई छ ।

दुई देशबीचका चेम्बर अफ कमर्सका पदाधिकारीबीच छलफल गराएर व्यापारिक गतिविधी विस्तारका लागि आफुले पहल गर्ने राजदुत हास्मीले प्रतिवद्धता जनाए ।

GBIME

प्रतिक्रिया दिनुहोस्