Skip to content
Shikhar Insurance
National Life

नेपाल टेलिकमले ल्यायो माछापुच्छ्रे र अन्नपूर्ण बेस क्याम्पमा ‘फोर जी’ सेवा

Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल टेलिकमले माछापुच्छ्रे बेस क्याम्प (Machhapuchhre Base Camp -MBC) तथा अन्नपूर्ण बेस क्याम्प (Annapurna Base Camp – ABC) क्षेत्रलाई लक्षित गरी ‘फोर जी’ मोबाइल सेवा विस्तार गरेको छ ।

कास्की जिल्लाको अन्नपूर्ण पदमार्ग क्षेत्रको माछापुच्छ्रे बेस क्याम्प (MBC) मा नयाँ बिटिएस जडान गरेर नेपाल टेलिकमले उक्त क्षेत्रमा ४जी सेवा सञ्चालनमा ल्याएको हो । यसैगरी, उक्त पदमार्ग क्षेत्रमा पर्ने देउरालीमा रहेको २जी मोबाइल सेवालाई स्तरोन्नति गरी सो क्षेत्रमा पनि ४जी  सेवा सञ्चालनमा ल्याईएको टेलिकमले जनाएको छ ।

समुद्री सतहबाट करिब ४ हजार मिटरको उचाईमा रहेका कास्की जिल्लाका मनमोहक पर्यटकीय स्थलहरु माछापुच्छ्रे बेस क्याम्प एवं अन्नपूर्ण बेस क्याम्पमा सेवा विस्तार भएसँगै यस क्षेत्रका स्थानीय बासिन्दा, घुम्न आउने पर्यटकहरु तथा यस भेगका पर्यटन लगायत अन्य व्यवसायीहरु समेत नेपाल टेलिकमको ४जी मोबाइल सेवाबाट लाभान्वित हुने विश्वास कम्पनीको रहेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्