Skip to content
Shikhar Insurance
National Life

नेपाल टेलिकमको नाफा ८ अर्ब ३८ करोड, बैंकले दिने ब्याज आम्दानी ७७ करोड रूपैयाँले बढ्याे

Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल टेलिकम (एनटीसी) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म ८ अर्ब ३८ करोड रुपैयाँ खुद नाफा कमाएको छ। जुन अघिल्लो आवको सोही अवधिको तुलनामा १७.५४ प्रतिशत बढी हो। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ७ अर्ब १२ करोड ९४ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

कम्पनीद्वारा सार्वजनिक अपरिष्कृत वित्तीय विवरणअनुसार सो अवधिमा कम्पनीले सो अवधिमा कुल संचालन नाफा ५.४४ प्रतितशतले वृद्धि गरी ३७ अर्ब ८८ करोड रुपैयाँ पुर्याएको छ ।

कम्पनीको खुद नाफा वृद्धि हुनुमा डाटा सेवा प्रयाउग बढ्दा जीएसएम डाटातर्फबाट ५० करोड रुपैयाँ, ४जी सेवा विस्तार हुँदा जीएसएम भोइस सेवाबाट करि ब२ अर्ब ५५ करोड रुपैयाँ वृद्धि भएको कम्पनीले उल्लेख गरेको छ ।

साथै, सो अवधिमा अन्तरआबछता र ओटीटी सेवाको प्रयोगको आयमा ७० करोड रुपैयाँ, सीडीएमए सेवा जीएसएम सेवामा प्रतिस्थापन हुँदा करिब १२ करोड रुपैयाँले कमी आएको र वायरलाईन सेवाको प्रयोग घट्दा राजस्वमै करिब २१ करोड रुपैयाँ कमिी आएको कम्पनीले जनाएको छ ।

बैंक ब्याजदर परिवर्तन हुँदा नै एनटीसीको ब्याज आम्दानी करिब ७७ करोड रुपैयाँले वृद्धि भएको छ । भने, विदेशी विनिमय दरमा भएको परिवर्तनले करिब ३७ करोड रुपैयाँ फरेन एक्सचेञ्ज गेन भएको कम्पनीले उल्लेख गरेको छ ।

१हाल कम्पनीको ८ अर्ब रुपैयाँ चुक्ता पूँजी रहेको छ भने, जगेडा कोषमा ७७ अर्ब ६ करोड ३२ लाख रुपैयाँ सञ्चित छ।

कम्पनीको खुद नाफा बढेपनि प्रतिसेयर आम्दानी भने केही घटेको छ। समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी ९७ पैसा घटेर ४६ रुपैयाँ ५६ पैसामा सीमित भएको छ। असार मसान्तसम्ममा कम्पनीको प्रतिसेयर नेटवर्थ ५२८ रुपैयाँ १३ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात १८.८८ गुणा रहेको छ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्