Skip to content
Shikhar Insurance
National Life

नेपाल क्लियरिङ हाउस ‘नेसनल बेस्ट प्रिजेन्टेट अवार्ड’ बाट सम्मानित

Hyundai
NCELL
NIMB

काठमाडौं। नेपाल क्लियरिङ हाउस (एनसीएचएल) ले ‘नेसनल बेस्ट प्रिजेन्टेट अवार्ड’ अन्तर्गत सन् २०२२ का लागि फाइनान्सियल सर्भिसेस् क्षेत्रको विधातर्फ “सर्टिफिकेट अफ मेरिट” प्राप्त गरेको छ।

एनसीएचएलले आर्थिक वर्ष २०७८/७९ को लागि सार्वजनिक गरेको वार्षिक प्रतिवेदनको आधारमा इन्स्टिच्युट अफ चार्टर्ड अकाउन्टेन्स् अफ नेपाल (आइक्यान)द्वारा सञ्चालन गरिएको वार्षिक कार्यक्रममा सो पुरस्कार प्रदान गरिएको हो ।

अघिल्ला वर्षहरुमा पनि एनसीएचएलले आइक्यान तथा साउन एसियन फेडेरेसन अफ एकाउन्ट्सबाट विभिन्न पुरस्कार तथा सम्मानहरू प्राप्त गरेको थियो ।

कर्पोरेट गभर्नेन्स तथा पारदर्शितालाई सधैं आत्मसात् गर्दै आएको एनसीएचएल, नेपाल राष्ट्र बैंक तथा बैंक वित्तीय संस्थाहरूद्वारा प्रवर्द्धित कम्पनी हो । सर्वसाधारण बीच डिजिटल भुक्तानी कारोबारको क्षेत्रमा विश्वसनीयता कायम गर्न पारदर्शिता निकै महत्त्वपूर्ण रहेको एनसीएचएलको विश्वास छ ।

एनसीएचएलले हरेक वर्ष पारदर्शी रूपमा सार्वजनिक गर्दै आएको वार्षिक प्रतिवेदन तथा वित्तीय डिस्क्लोजरतर्फको प्रतिबद्धताको सम्मान स्वरुप उक्त अवार्डलाई लिएको विज्ञप्तिमार्फत जनाएको छ।

GBIME

प्रतिक्रिया दिनुहोस्