Skip to content
Shikhar Insurance
National Life

नेपाल एसबीआई बैंकले २ अर्बकाे ऋणपत्र निष्कासन गर्ने

Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल एसबीआई बैंकले २ अर्ब रूपैयाँ बराबरको ऋणपत्र निष्कासन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) मा अन्तिम स्वीकृतिका लागि निवेदन पेस गरेको छ। कम्पनीले २० लाख कित्ता ऋणपत्र निष्कासन गर्न यही असार १७ गते आइतबार सेबोनमा स्वीकृतिका लागि निवेदन पेस गरेको हो ।

ऋणपत्र निष्कासन गर्न बिक्री प्रबन्धकमा एनएमबी क्यापिटल लिमिटेड रहेको छ । कम्पनीले आगामी १० वर्षसम्मका लािग वार्षिक ९ प्रतिशत ब्याजदरमा ऋणपत्र निष्कासन गर्न लागेको हो ।

कम्पनीले कुल कित्तामध्ये ८ लाख कित्ता सर्वसाधारणका लािग र १२ लाख कित्ता ऋणपत्र व्यक्तिगत तवरबाट बिक्री गर्नेछ ।

GBIME

प्रतिक्रिया दिनुहोस्