Skip to content
Shikhar Insurance
National Life

नेपाल एयरलाइन्सले काठमाडौंलाई ट्रान्जिट बनाएर हङ्गकङ्ग र दिल्ली नियमित उडान भर्ने,टिकट बुकिङ्ग खुला

Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल वायुसेवा निगमले भैरहवास्थित गौतमबद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट काठमाडौंलाई ट्रान्जिट बनाएर हङ्गकङ्ग र दिल्लीमा नियमित उडान भर्ने गरी टिकट बुकिङ्ग खुला गरेको छ । निगमले पर्सि मंगलबार (भाद्र १२ गते अर्थात् २९ अगष्ट) देखि हङ्गकङ्ग र दिल्लीमा नियमित उडान गर्नका लागि टिकट बुकिङ्ग खुला गरेको हो ।

भैरहवाबाट रहेक मंगलबार हप्ताको एक उडाबाट सुरु गरी बजारको माग तथा निगमको बजार व्यवस्थापन अनुसार उडानको संख्या बढाउदै लैजाने योजना रहेको छ । उडान तलिका अनुसार विहान ८ः१५ मा भैरहवाबाट उडेको जहाज ९ः०० बजे काठमाडौंका अवतरण गर्नेछ । त्यसपछि ट्रान्जिट भई हङ्गकङ्ग जाने यात्रु हङ्गकङ्ग जाने उडानमा र दिल्ली जाने यात्रु दिल्ली जाने निगमकै कनेक्टिङ्ग उडानमा चढ्ने छन् ।

यात्रुको सुविधाको लागि चेक इन गर्दाकै बखत गन्तवय सम्मकै बोर्डिङ पास दिने र लगेज सिधै गन्तव्यमा लिने व्यवस्था मिलाइएको छ । राष्ट्रिय गौरवको आयोजना अन्तर्गत निर्माण भएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान भर्ने कार्य तदारुकताका साथ गर्नका लागि श्री संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँगको समनवयमा निगम व्यस्थापनले विशेष पहल गरी उडान सुरु गर्ने निर्णय गरेको हो ।

यात्रुहरुले निगमको कार्यालय वा निगमको वेवसाइट वा नजिकको ट्राभल एजेन्सीबाट टिकट लिई सहज रुपमा यात्रा गर्न सक्नेछन् । यसबाट यात्रुलाई थप सुविधा पुग्ने निगमले विश्वास लिएको छ ।

यात्रुहरुले निगमको कार्यालय वा निगमको वेवसाइट नेपालएयरलाइन्स डटकमडटएनपीमा लग इन गरी अनलाइबाटबाट वा नजिकको ट्राभल एजेन्सीबाट टिकट लिई सहज रुपमा यात्रा गर्न सक्ने जनाएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्