Skip to content
Shikhar Insurance
National Life

नेपाल उद्योग परिसंघमा मोर सर्वसम्मत उपाध्यक्षमा निर्वाचित

Hyundai
NCELL
NIMB

काठमाडाैं। लक्की ग्रुपका प्रबन्ध निर्देशक तथा गणपति वनस्पति लिमिटेडका अध्यक्ष अमित मोर नेपाल उद्योग परिसंघको उपाध्यक्षको गरिमामय पदमा निर्वाचित भएका छन् ।

उनी परिसंघले सम्पन्न गरेको २०औं वार्षिक साधारणसभाबाट उपाध्यक्षमा सर्वसम्मत निर्वाचित भएका हुन् । उनले आफ्नो कार्यकालमा निजी क्षेत्रका समस्या समाधानमा आफ्नो तर्फबाट सदैव अग्रसर रहने र परिसंघलाई नयाँ उचाइमा र्पुयाउन सबै पदाधिकारीका साथ अग्रसर भूमिका निर्वाह गर्ने वाचा गरेका छन् ।

यसका साथै, नेपालको घ्यु तेल उत्पादन गर्ने सबैभन्दा ठूलो उद्योग यस गणपति वनस्पतिलाई परिसंघले लगातार तेस्रोपटक सम्मान गरेको छ । साधारणसभाको उद्घाटन समारोहका बीच परिसंघले गणपति वनस्पतिलाई नेपालबाट साफ्टा अन्तर्गत निकासी हुने निर्यातयोग्य वस्तुहरू निकासी प्रवर्द्धनमा महत्त्वपूर्ण सहयोग उपलब्ध गराएको भनी कदर सम्मान गरेको थियो ।

उक्त सम्मान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बाट कम्पनीका अध्यक्ष मोरलाई प्रदान गरिएको थियो । बिभिन्न उद्योग व्यापार व्यवसाय, बैंक, तथा बिमा कम्पनीहरुमा लगानी भएको प्रगतिशील समूह लक्की ग्रुपका प्रबन्ध निर्देशक मोर हिमालयन रिइन्सोरेन्समा पनि सञ्चालक छन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्