Shikhar Insurance
National Life

नेपाल इन्स्योरेन्सले ८.४२११ प्रतिशत लाभांश प्रस्तावसहित बोलायो साधारण सभा, बुक क्लोज कहिले ?

सिंहदरबार संवाददाता
२०७९ पुष १, शुक्रबार ११:५६
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनीले लाभांश प्रस्तावसहित साधारण सभा बोलाएको छ । इन्स्योरेन्सले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्नका लागि ८.४२११ प्रतिशत लाभांश घोषणा गरेको हो ।

इन्स्योरेन्सले उक्त प्रस्तावित लाभांश परित गर्नका लागि पुस २२ गते ७४ औं वार्षिक साधारणसाभा बोलाएको छ। इन्स्योरेन्सको मंसिर २९ गते बसेको सञ्चालक समितिको बैठकले सभाको सो मिति तय गरेको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

साधारण सभा प्रयोजनका लागि इन्स्योरेन्सले पुस ८ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । सोहि अनुसार पुस ७ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले मात्र इन्स्योरेन्सको साधारण सभामा भाग लिन तथा इन्स्योरेन्सले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन् ।

सभाले हाल कायम रहेको चुक्ता पुँजी १ अर्ब ३७ करोड ९ लाख ९५ हजार ८०६ रुपैयाँका दरले हुन आउने ८ प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनार्थका लागि ०.४२११ प्रतिशतले हुन आउने ५ लाख ६ हजार २९८ नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ ।

सभाले आव २०७८र७९ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने, आव २०७८र७९ को लेखापरीक्षकको प्रतिवेदन सहित वासलात, नाफा,नोक्सान हिसाब र नगद प्रवाह विवरण तथा सोसँग सम्बन्धीत अनुसूचीहरुमाथि छलफल गरी पारित गर्नेछ ।

सभाले इन्स्योरेन्सको ७० औं वार्षिक साधारणसभा को निर्णय बमोजिम उपयुक्त कम्पनीसँग गाभ्ने, गाभिने वा प्राप्ति गर्ने सम्बन्धी विषयमा निर्णय गर्न सञ्चालक समितिलाई दिइएको सम्पूर्ण अधिकारलाई निरन्तरता प्रदान गर्ने तथा लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्ताव पनि पारित गर्नेछ ।

यस्तै, सभाले संशोधित प्रबन्धपत्र तथा नियमावली अभिलेख गर्ने निकाय वा नियमनकारी निकायबाट कुनै फरेबदल गर्न निर्देशन प्राप्त हुन आएमा सो अनुसार गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने सम्बन्धी प्रस्ताव समेत सभाले अनुमोदन गर्ने छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्