Skip to content
Shikhar Insurance
National Life

नेपाल इन्भेष्टमेण्ट बैंकले लाभांश प्रस्ताव पारित गर्न डाक्यो साधारण सभा, बुक क्लोज कहिले?

Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट बैंकले लाभांश प्रस्ताव पारित गर्नका लागि साधारण सभा डाकेको छ। बैंकले आगामी पुस ७ गते ३६ औँ वार्षिक साधारण सभा डाकेको हो।

सभाले हाल कायम चुक्ता पूँजीको ४ प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनार्थसहित गरी कुल ७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बैंकले मंसिर २१ गतेदेखि साधारण सभा सम्पन्न नभएसम्म सेयर दाखिल खारेज (बुकक्लोज) गर्ने भएको छ। यस अनुसार मंसिर २० गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले बैंकको साधारण सभामा सहभागि हुन तथा बैंकले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

GBIME

प्रतिक्रिया दिनुहोस्