काठमाडौं । नेपाल–इटाली वाणिज्य तथा उद्योग सङ्घको ११ औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले नेपालमा लगानी प्रवर्द्धन, पर्यटन क्षेत्रको बिस्तार र नेपाल तथा इटालीबीचको व्यापारिक सम्बन्ध सुदृढ गर्ने प्रतिवद्धता जनाएको छ ।
कार्यक्रममा सङ्घका अध्यक्ष सञ्जय अग्रवालले नेपाल–इटालीबीचको राजनीतिक तथा आर्थिक सम्बन्धको यात्रा जुन ३१ अगस्ट १९५९ मा स्थापना भएको उल्लेख गर्दै द्विपक्षीय सहकार्यलाई सन्तुलित र दिगो रूपमा विस्तार गरिने लक्ष्यमा सङ्घको भूमिका महत्त्वपूर्ण रहेको बताए ।
पूर्वमन्त्री राजेशकाजी श्रेष्ठले नेपाल—इटाली व्यापार प्रवर्द्धनका लागि आफ्नो निरन्तर सहयोग रहने बताए । साधारण सभामा नेपाल–इटाली आर्थिक सम्बन्धमा योगदान पुर्याउने व्यक्तित्व तथा संस्थालाई सम्मान गरिएको थियो ।
सङ्घका संरक्षक राजेशकाजी श्रेष्ठ र मानार्थ वाणिज्यदुत प्रतिभा पाण्डेलाई विशिष्ट सम्मान र अशंक समशेर जबरालाई २०२४ को ‘वर्ष उत्कृष्ट सदस्य’ का रूपमा सम्मान गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्