Skip to content
Shikhar Insurance
National Life

नेपाली सञ्चार क्षेत्रको पुनःसंरचनाका लागि सरकार क्रियाशीलः प्रधानमन्त्री

Hyundai
NCELL
NIMB

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाली सञ्चार क्षेत्रको पुनःसंरचनाका लागि सरकार क्रियाशील रहेको बताएका छन् ।उनले सञ्चारसम्बन्धी नयाँ कानुन र संरचना निर्माणका साथै सञ्चार क्षेत्रका समस्या समाधानका लागि सरकार प्रयत्नशील रहेको उल्लेख गरेका छन्।

राष्ट्रिय पत्रकारिता दिवसको अवसरमा सामाजिक सञ्जालमार्फत शुभकामना दिदै प्रधानमन्त्रीले सम्पूर्ण सञ्चारकर्मीका साथै आम जनसमुदायमा शुभकामना व्यक्त गरेका छन्।

प्रधानमन्त्रीले भनेका छन्, “नेपाली सञ्चार क्षेत्रको पुनःसंरचना, सञ्चारसम्बन्धी नयाँ कानुन र संरचना निर्माणका साथै सञ्चार क्षेत्रका समस्या समाधानका लागि सरोकार पक्षसँग व्यापक सहकार्य गर्ने वातावरण बनोस, यही शुभकामना ।”

GBIME

प्रतिक्रिया दिनुहोस्