Skip to content
Shikhar Insurance
National Life

हाम्रा विद्यार्थी लगेर अष्ट्रेलियाले फाइदा लियो, हामीलाई के दियो ? पढ्न जान शर्त लागू गरौं

Hyundai
NCELL
NIMB

काठमाडौं । पुर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले तरलता अभावको समसया समाधान गर्न राष्ट्र बैंकले पहिलो प्राथमिकतामा बाह्य क्षेत्रको दवाब रोक्न सुझाव दिएका छन् ।
उनले विदेशी मुद्रा सञ्चितीको चाप अझै बढ्न सक्ने भन्दै विदेश पढ्न जानेलाई दिइने कर्जामा कढाइ गर्न सुझाव दिएका हुन् ।

‘विदेशमा पढ्न जानेलाई १० महिनामा ५१ अर्ब लगेका छन्। जसले गर्दा सेवा खाता घाटामा छ। यसको मुल्यांकन राष्ट्र बैंकले गर्नुपर्छ । विदेश पढ्न जानेले गर्दा रेमिट्यान्स बढेको छ, कि छैन ? राज्यलाई योगदान गरेको छैन त्यो मुल्यांकन गरेर कर्जामा शर्त लागू गर्नु पर्छ ।’

विदेश अध्ययन गर्न जाने विद्यार्थीलाई दिइने विदेशी मुद्रा सटहीका विषयमा पुनर्विचार गर्नुपर्ने उनले जोड दिए । नेपाली विद्यार्थी लगेर अष्ट्रेलियाले फाइदा लिएको तर त्यताबाट नेपालले केही फाइदा लिन नसकेको उनको भनाइ छ ।

‘उनीहरुको नीतिलाई हामीले विद्यार्थी पठाएर सहयोग गर्यौ तर हामीलाई के दियो ? हामीले माग्यौँ ?’ नेपालले विदेशीमा विद्यार्थी पठाएर पाइदा लिन सक्ने नीति अबलम्वन गर्नु पर्ने उनको सुझाव छ ।

यस्तै, पुर्व अर्थमन्त्री पाण्डेले विदेशमा अनौपचारीक माध्यमबाट जग्गा बेचेर पैसा लगिरहेको उल्लेख गरेका छन् ।

मुल्यवृद्धि अत्याधिक बढेको भन्दै उनले यसलाई कन्ट्रोल गर्ने मेकानिजमहरुले सरकारको आर्थिक वृद्धिको लक्ष्यलाई पुरा गर्न समस्या हुने बताए ।

‘अब गतिविधि, रोजगारी शिथिलता आउँछ। मुल्यवृद्दि झनै बढ्न सक्ने देखिन्छ । यसले सरकारले अगाडि सारेको लक्ष्य पूरा हुँदैन । आर्थिक वृद्धि ८ प्रतिशत र मुद्रास्फीति ७ प्रतिशत भनेको छ। ७ प्रतिशत मुद्रास्फीति लक्ष्यले नियन्त्रणमा जाउ भनेको छ। जुन अर्थमन्त्रालयले मति बुझेर राख्यो तपाईहरूले कति बुझ्नु भएको छ ? विदेशी मुद्रा आर्जनको स्रोत सिमित छ। अनुदान ५५/५६ अर्ब ल्याउने भनेकोमा १३/१४ अर्ब छ। यो कार्यक्षमता नै कमजोर हो ।’

उक्त चापलाई समाधान गर्ने चालिने कदमहरुले अर्थतन्त्रमा मन्दीको जोखिम रहेको उनको भनाइ छ । यस्ता समस्याको समाधानमा राष्ट्र बैंक मात्र नभएर सरकारले पनि गम्भीर हुनुपर्ने उनको भनाइ थियो । भारुसँग स्थिर विनिमयदर भएकोले अहिलेसम्म नेपाली रुपैयाँ धेरै अवमूल्यन नभएको उनले बताए । भोलिका दिनमा भारु नै कमजोर बन्दा नेपाली मुद्रा झन् समस्यामा पर्ने बताए ।

। विदेशी मुद्रा साटेर र जग्गा बेचेर समेत हुण्डी मार्फत नेपाली रकम विदेश जाने गरेको उनले बताए ।

नेपाली विद्यार्थी लगेर अष्ट्रेलियाले राम्रो फाइदा लिएको तर नेपालालाई केही नदिएको उनले बताए । पूर्व अर्थमन्त्री पाण्डेले भने, ‘उनीहरुको नीतिलाई हामीले विद्यार्थी पठाएर सहयोग गर्यौ तर हामीलाई के दियो रु हामीले माग्यौँ ?’

विदेशी विद्यार्थी ल्याएर कमाउने नीति भएको देशहरुबाट नेपालले पनि फाइदा लिनुपर्ने बताए ।

GBIME

प्रतिक्रिया दिनुहोस्