Skip to content
Shikhar Insurance
National Life

नेपाली बैंक ८/१० वर्षकै सबल अवस्थामा छ : सुनिल केसी

Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल बैंकर्स संघका अध्यक्ष तथा एनएमबि बैकका प्रमुख कर्यकारी अधिकृत (सिईओ) सुनिल केसीले नेपालको बैंकिङ क्षेत्र सम्भवत इतिहासकै तथा बिगत ८/१० वर्षकै सबल अवस्थामा रहेको बताएका छन् । काठमाडौंमा आर्थिक महिला पत्रकार संघ (फेजा)ले आयोजना गरेको बैंकिङ क्षेत्रको अवस्था , चुनौती र आगामी कार्यदिशा कार्यक्रममा बोल्दै केसीले यस्तो बताएका हुन् ।

नेपाली बैंकिङ इन्डस्ट्री सिडी रेसियोको आधारमा अहिले अत्यन्तै सबल रहेको केसीको भनाई छ । उनले भने ‘तिन वर्ष अगाडि हामी मर्ने कि बाँच्ने अनिश्चिततामा थियौँ तर अहिले त्यस्तो अवस्था छैन, अर्थतन्त्रको अहिलेको अवस्था त्यसैको उपज हो, हामी अहिले ८० प्रतिशत सिडीको बलियो अवस्थामा छौं । याे बिगत ८/१० वर्षकै सबल अवस्था हो, हामीसँग ४ सय अर्ब भन्दा धेरै लगानी योग्य रकम मैज्दात छ, त्यसैले बजारमा हल्ला चलेजस्तो बैंक डुब्ने अवस्था छैन ।’

सडकमा देखिएको अराजकताले केही समस्या देखिएको भएता पनि नेपाली बैंकहरुमा दक्षिण एसियाकै कम एनपिए भएको तर्क राख्दै केसीले भने ‘हामी दक्षिण एसियामै कम एनपिए भएको राष्ट्र हौ  । कोबिड सुरु भएपछी अमेरिका , स्विजर्ल्याडका बैंकहरु डुब्दापनी नेपाली बैंकहरुले राम्रो प्रफमेन्स गर्न सफल भएका छौ , तर अहिले बजारमा चलेको हल्लाले भने केही असजिलो भएको छ , जसलाई नियन्त्रण गर्न राष्ट्र बैकले छिटै कदम चाल्नेछ भन्ने हामीलाई बिस्वास छ’ ।

उनका अनुसार बैकिङ क्षेत्रमा भैरहेको चौतर्फी आक्रमणले नेपाली अर्थतन्त्र नै धरापमा पर्ने तर्फ उन्मुख छ । केसीले नेपाली बैकिङ इन्डस्ट्रीको घट्दो आरओइ तथा युवापुस्ता ठूलो मात्रामा बाहिरिनु नेपाली बैकिङ क्षेत्रको ठूलो चुनौती रहेको समेत बताए ।

GBIME

प्रतिक्रिया दिनुहोस्