Skip to content
Shikhar Insurance
National Life

नेपालमै पहिलो पटक भिजनले ल्यायो सेन्ट्रल केवाइसी, पुँजी बजारमा ‘आईस ब्रेक’

Hyundai
NCELL
NIMB
काठमाडौं । भिजन सेक्युरीटिज प्राली(ब्रोकर न. ३४)ले सेन्ट्रल केवाइसी कार्यान्वयन गर्ने भएको छ ।  सेन्ट्रल विद्युतिय केवाइसी सञ्चालन सम्बन्धी सम्झौतामा भिजन सेक्युरीटिज र सिडिएस एण्ड क्लियरिङ हाउस लिमिटेडबीच सम्झौता भएको हो ।
सिडिएसले नेपालको शेयर बजारमा निक्षेप तथा राफसाफ सेवा उपलव्ध गराउने काम गर्दै आएको छ ।  सिडिएस र ब्रोकर न. ३४ बीच “विद्युतीय केवाईसी प्रणाली” मार्फत डिम्याट खाता सञ्चालन गर्ने सम्वन्धी सम्झौता भएको हो । अब भिजन सेक्युरिटिजले “विद्युतीय केवाईसी प्रणाली” मार्फत डिम्याट खाता सञ्चालन सेवा उपलव्ध गराउनेछ । सिडिएसले भिजनसँग पहिलो पटक यस्तो सम्झौता गरेको हो ।
यो सेवा लागु भए पश्चात ग्राहकहरुले विद्युतीय माध्यमवाट आफ्नो खाता रजिष्ट्रर गर्न सक्नेछन् । ग्राहकको औठा छाप, विद्युतीय हस्ताक्षर तथा फोटो समेत प्रणालीमा अध्यावधिक हुनेछ । यसरी रजिष्ट्रर प्रकृया पुरा गरे पश्चात ग्राहकलाई प्राप्त हुने सेन्ट्रल केवाईसी नम्बर  लिए पश्चात सिडिएस एण्ड क्लियरिङ्गबाट यो सुविधा लिएका अन्य निक्षेप सदस्य, ब्रोकर लगायतका संस्थामा खाता खोल्नु परेमा उक्त नम्वरको प्रयोग गरि सजिलै खाता खोल्न सकिनेछ ।  यसले पुनः अर्काे फारम भर्नु पर्ने झन्झटबाट ग्राहकहरुलाई मुक्ति दिनेछ ।
यसरी खोलिएका खाताहरुको विवरण समेत अनलाईन लगईन मार्फत ग्राहक आफैले हेर्न पाउने व्यवस्था समेत रहेको भिजन सेक्युरिटिजका कार्यकारी अध्ययक्ष राज कुमार तिमिल्सिनाले बताए । भिजनले अघि सारेको सीकेवाईसी नेपालको पुँजी बजारका लागि आईस ब्रेक भएको पनि उनले बताए ।
GBIME

प्रतिक्रिया दिनुहोस्