Skip to content
Shikhar Insurance
National Life

‘नेपालमा तत्कालै ठुला उद्योग स्थापना गर्ने अवस्था छैन’, उपप्रधानमन्त्री श्रेष्ठ

Hyundai
NCELL
NIMB

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले नेपालमा तत्कालै ठुला उद्योग स्थापना गरेर अघि बढ्न सकिने अवस्था नरहेको बताएका छन् । ललितपुरमा आयोजित नेपाल हस्तकला महासंघको ४३ औं वार्षिक साधारण सभामा बोल्दै उपप्रधानमन्त्री श्रेष्ठल उक्तकुरा बताएका हुन् ।

सभामा बोल्दै श्रेष्ठले भने ‘मुलुकको विकास र समृद्धिका लागि ठूल्ठूलो उद्योग स्थापना गरेर अघि बढ्न सकिने अवस्था तत्कालका लागि नरहेकाले पनि सरकारले तुलनात्मक लाभका क्षेत्रहरुको पहिचान गर्ने र त्यसलाई अघि बढाउने कामलाई प्राथमिकता दिएको छ । तर हामीसँग पहिले देखि भइरहेका तर तुलनात्मक लाभका क्षेत्रलाई प्राथमिकता दिनुपर्छ । त्यसमध्ये हस्तकला उद्योग सर्वोपरी प्राथमिकता दिनुपर्ने क्षेत्रमध्य एउटा हो भन्ने कुरामा सरकार स्पष्ट छ । एउटा विश्वास, एउटा संकल्प अहिले देशलाई चाहिएको छ हामी बनाई छोड्छौं देशलाई ।’

उनले हस्तकला क्षेत्रको विकासका लागि सोसम्बन्धि विश्वविद्यालय बनाउने विषयमा पनि सरकार सम्बन्धित पक्षसँग छलफल गरेर अघि बढ्न तयार रहेको बताए । हस्तकला महासंघले राखेका हस्तकला निर्यात विकास मन्त्रालय बनाऔं भन्ने प्रस्तावको उत्तर दिंदै श्रेष्ठले मन्त्रालय थप्ने नभै मन्त्रालयहरुको संख्या घटाउनुपर्ने प्रश्ताव गरेका छन् । मन्त्रालय थप्ने कुरामा अहिले जान नसकिने अडान राख्दै उनले बरु त्यसलाई घटाउनुपर्छ जस्तो आफूलाई लागेको बताएका हुन् ।

हस्तकला विकास मन्त्रालय नै बनाऔं भन्ने माग सम्बोधन गर्न नमिल्ने बताउँदै श्रेष्ठले भने ‘यो हस्तकला विकास मन्त्रालय नै बनाऔं भन्ने महासंघको माग सम्बोधन गर्न मिल्छ जस्तो मलाइ लाग्दैन तर हस्तकलासम्बन्धि छुट्टै विभाग स्थापना गरेर जाने कुरामा भने सरकार सकारात्मक रहेको छ’ ।

सरकारले हस्तकला जस्तो तुलानात्मक लाभको क्षेत्रलाई प्राथमिकता दिएर मुलुकको आर्थिक विकासलाई तिब्रता दिन चाहेको श्रेष्ठको मत थियो । उनले सरकारले मुलुकको सुशासन र समृद्धिका लागि आफ्नो ध्यान केन्द्रित गरेको समेत दोहोर्‍याए ।

GBIME

प्रतिक्रिया दिनुहोस्