Shikhar Insurance
National Life

‘नेपालमा उत्पादित सामग्री किनौँ, प्रोत्साहन गरौँ’ उपपप्रमुख डंगोल

सिंहदरबार संवाददाता
२०८१ पुष १२, शुक्रबार १६:३३
Hyundai
NCELL
NIMB

काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले नेपालमा उत्पादित सामग्रीलाई प्रोत्साहन गर्न आवश्यक रहेको बताएकी छन् । शुक्रबार काठमाडौंमा काटेश्वर महोत्सवको उद्घाटन कार्यक्रममा उनले नेपाली उत्पादनलाई बजारीकरण गर्न जरुरी रहेको बताएकी हुन् ।

उनले कोटेश्वर महोत्सवको एउटै उद्देश्य यहाँको बजारलाई अझ प्रवर्द्धन गर्नु रहेको बताउँदै नेपालमा उत्पादन भएका सामग्रीलाई बजार बिस्तार गर्नका लागि महोत्सव महत्त्वपूर्ण हुने बताइन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

उनले भनिन्, ‘महोत्सवको एउटै उद्देश्य छ, त्यो भनेको यहाँको बजारलाई अझ प्रवर्द्धन गर्नु रहेको छ । सँगै नेपालमा उत्पादन भएका सामग्रीलाई बजार बिस्तार गर्नका लागि पनि यो महोत्सव एकदमै महत्त्वपूर्ण छ । कुनै न कुनै हदमा यो व्यवसाय संघले आफ्नो व्यवसाय फस्टाउन महोत्सव गरिएको छ । नेपाली सामग्रीहरु, नेपालमै उत्पादन भएका सामग्रीहरु किनौँ ।’

उनले महोत्सवमा धेरै भन्दा धेरै व्यवसायीहरुले आफ्नो व्यवसाय बजारसम्म जोड्न पाउने बताउँदै नेपालमै उत्पादित सामग्रीहरु किन्न र प्रयोग गर्न आग्रह गरिन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्