Skip to content
Shikhar Insurance
National Life

नेपालमा उत्पादनमूलक क्षेत्रको संभावना प्रवल छः उप्रेती

Hyundai
NCELL
NIMB

काठमाडाैं। नेपाल उद्योग परिसंघले राजधानीमा आज आयोजना गरेको ‘मेक इन नेपाल’ स्वदेशी समिटमा आफ्ना धारणा राख्दै पायोनियर ल एसोसिएट्सका अनुपराज उप्रेती भन्छन्- नेपालमा उत्पादनमूलक क्षेत्रको संभावना प्रवल छ । यदि सरकारले औद्योगिक पूर्वाधारमा आकर्षित गर्ने हो भने निश्चित समय किटान गरेर निश्चित इन्सेन्टिभ दिनुपर्छ । सेजमा सञ्चालन हुने उद्योगले निर्यात ६० प्रतिशत हुने बाध्यकारी व्यवस्था छ यो व्यवस्था समय सान्दर्भिक भयो या भएन हेरिनुपर्ने छ । नेपालमा उत्पादकत्व बढाउन ट्याक्स इन्सेन्टिभले पनि काम गर्न सकेको छैन ।

सडक विद्युतदेखि अन्य जटिल खालका पूर्वाधारमा सरकारले गरेको छ । उद्यमीले ३५ प्रतिशत पुँजी जमिनकै लागि खर्च गर्नुपर्ने बाध्यता छ । यो विषयमा परिसंघले लामो समयदेखी एडभोकेसी गर्दै आएको छ । तर कार्यान्वयनम आउन सकेको छैन । यसमा सरकारले विशेष कमद चाल्नुपर्ने देखिन्छ । छिमेकी मुलुक चीनको उदाहरण हेर्ने हो भने पनि धेरै विदेशी लगानी आकर्षित गर्न सकेको त त्यसको पक्ष नीतिगत सुधार नै हो ।

सरकारको कमिटमेन्ट र निजी क्षेत्रको सहभागिताले परियोजनाहरु सफल बन्न सक्छ । नेपालमा पनि निजी क्षेत्र र सरकारको सहकार्य गरेर जान सकियो भने एउटा मात्रै क्षेत्रलाई नभएर समग्र अर्थतन्त्रलाइ नै लाभ हुन्छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्