Skip to content
Shikhar Insurance
National Life

नेपालबाट चार आईसीटी कम्पनीहरू एपिक्टा अवार्ड्समा सहभागी हुँदै

Hyundai
NCELL
NIMB

काठमाडौं । नेपालको प्रतिनिधित्व गर्दै ४ वटा आईसीटी कम्पनीहरू एशिया प्यासिफिक आईसीटी अलायन्स (एपिक्टा) अवार्ड्स २०२४ ब्रुनेईमा सहभागी हुँदै छन्।

यो अवार्ड डिसेम्बर ४ देखि ७ सम्म ब्रुनेईमा आयोजना हुने एपिक्टामा नेपाली कम्पनीहरुको प्रतिनिधित्वले नेपालको सूचना प्रविधि समुदायलाई ग्लोबल प्लेटफर्ममा चिनाउन धेरै मदत गर्दछ।

यस वर्ष एपिक्टा अवार्ड्समा नेपालसहित अस्ट्रेलिया, बंगलादेश, ब्रुनेई, चीन, चिनियाँ ताइपेइ, हङकङ, इन्डोनेसिया, जापान, मकाओ, मलेसिया, म्यानमार, पाकिस्तान, सिंगापुर, श्रीलंका, थाईल्यान्ड र भियतनामका विभिन्न कम्पनी बीच प्रतिस्पर्धा हुनेछ।

एपिक्टा अवार्ड्समा नेपालको प्रतिनिधित्व गर्ने कम्पनीहरू हुन् :

● आईएमएस पीओएस म्यानेजमेन्ट (आईएमएस सफ्टवेयर प्रालि)

फाइनान्स र एकाउन्टिङ सोल्युसन्स (फिनटेक)

● इलारा कम्प्लायन्स म्यानेजमेन्ट सिस्टम (त्रिलोक्य टेक्नोलोजी प्रालि)

सेकुरिटी सोल्युसन्स

● ईकागजपत्र (ईकागजपत्र प्रालि)

प्रफेशनल सर्भिसेज सोल्युसन्स

● एलएमसी एलर्ट (अलपास टेक्नोलोजी प्रालि)

गभर्मेन्ट, सिटिजन सर्भिसेस र डिजिटल गभर्मेन्ट

यो प्रतिष्ठित कार्यक्रमले अन्तर्राष्ट्रिय बजार माझ नेपाली आईसीटी कम्पनीहरूलाई उनीहरूको क्षमता र विशेषज्ञता प्रदर्शन गर्ने अवसर दिनेछ। नास आईटीले यसलाई नेपालको आईटीको क्षेत्रको प्रवर्धनको लागि महत्त्वपूर्ण कदमको रूपमा हेर्दछ । यसले नेपाललाई एक आईटी हबको रूपमा स्थापित गर्ने नेपाल सरकारको लक्ष्यमा ठुलो सहयोग पुर्याउनेछ।

GBIME

प्रतिक्रिया दिनुहोस्