Skip to content
Shikhar Insurance
National Life

नेपालगञ्ज विमानस्थलमा डिजिटल प्रणाली सञ्चालनमा

Hyundai
NCELL
NIMB

नेपालगञ्ज । बाँकेको नेपालगञ्ज विमानस्थलमा मौसमको जानकारीका लागि डिजिटल प्रणाली सञ्चालनमा ल्याइएको छ । पश्चिममा धेरै विमानस्थललाई समेत उपयोग हुने गरी नागरिक उड्डयन प्राधिकरण र जल तथा मौसम विभागको सहकार्यमा उक्त प्रणाली सञ्चालनमा ल्याइएको हो ।

नेपालगञ्जबाट हुँदै आएको विभिन्न गन्तव्यका उडान अघि मौसमीबारे जानकारीका लागि डिजिटल प्रणाली सञ्चालनमा ल्याइएको नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले बताए। उहाँका अनुसार यो प्रणालीमार्फत धनगढी, महेन्द्रनगर, सुर्खेत, शान्तिपुर, टीकापुर, सल्ले, लमहीलगायत २० ठाउँको मौसमबारे जानकारी लिन सकिने छ ।

प्रवक्ता निरौलाले भने, “अब सुर्खेत, जुम्ला, डोल्पालगायत गन्तव्यतर्फ उडान अघि मौसमको जानकारी लिन थप सहज हुने छ ।”

नेपालगञ्ज विमानस्थलमा प्राधिकरणले थप दुई हजार पाँच सय मिटर धावनमार्ग विस्तार गर्न लागिएको छ । करिब ३ अर्ब रूपैयाँको लागतमा यो विमानस्थलको टर्मिनल भवनसहित यात्रु सुविधा लक्षित पूर्वाधार विस्तारको काम भइरहेको छ । हाल धावनमार्गको लम्बाइ एक हजार पाँच सय मिटर रहेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्