Skip to content
Shikhar Insurance
National Life

नेपालगञ्ज नाकाबाट पेट्रोलियम पदार्थको आयात घट्यो

Hyundai
NCELL
NIMB

जानकी। नेपालगञ्ज नाकाबाट पेट्रोलियम पदार्थको आयात घटेको छ । भन्सार कार्यालय नेपालगञ्जको तथ्याङ्कअनुसार गत वर्षको भन्दा चालु आर्थिक वर्षको वैशाखसम्म नेपालगन्ज नाका हुँदै आयात हुने वस्तुको सूचीमा सबैभन्दामाथि रहँदै आएको पेट्रोलियम पदार्थको आयात घटेको पाइएको छ ।

पछिल्लो १० महिनाको तथ्याङ्कअनुसार नेपालगञ्ज नाका हुँदै भारतबाट १२ अर्ब ९६ करोड १० लाख रूपैयाँ बराबरको एक लाख आठ हजार तीन सय २८ किलोलिटर डिजल आयात भएको छ । डिजल आयातबाट कार्यालयलाई ४ अर्ब ६२ करोड २९ लाख रूपैयाँ राजस्व प्राप्त भएको नेपालगन्ज भन्सार कार्यालयका भन्सार अधिकृत डिल्लुप्रसाद शर्माले जानकारी दिए।

Citizen Life
Kumar Bank
Prabhu Insurance

गत वर्ष सो अवधिमा १३ अर्ब ११ करोड तीन लाख रूपैयाँ बराबरको एक लाख ४१ हजार पाँच सय २८ किलोलिटर डिजल आयात भएको थियो । यसबाट कार्यालयले ५ अर्ब ५४ करोड २७ लाख रूपैयाँ राजस्व असुल गरेको थियो । वैशाखसम्म ३ अर्ब ८६ करोड ९७ लाख ८४ हजार रूपैयाँ मूल्य बराबरको ३८ हजार आठ सय ७६ किलोलिटर पेट्रोल आयात भएको छ । यसबाट २ अर्ब २२ करोड ५२ लाख रूपैयाँ राजस्व असुली भएको छ ।

गत वर्षको सोही अवधिमा ४ अर्ब चार करोड २९ लाख रूपैयाँ बराबरको ४४ हजार नौ सय ७६ किलोलिटर पेट्रोल आयात भएको थियो । उक्त पेट्रोल आयात हुँदा २ अर्ब ५१ करोड ७९ लाख रूपैयाँ राजस्व असुली भएको छ । त्यस्तै ३ अर्ब ९५ करोड ८२ लाख रूपैयाँ बराबरको तीन करोड ४८ लाख ९८ हजार किलो एलपी ग्यास आयात भएकामा गत वर्ष ४ अर्ब २६ करोड ८२ लाख रूपैयाँ बराबरको तीन करोड ६९ लाख दुई हजार छ सय ७० किलो एलपी ग्यास आयात भएको शर्माले बताए।

अधिकृत शर्माका अनुसार वैशाखसम्म गत वर्षको भन्दा ६३ करोड २४ लाख रूपैयाँ बराबरको डिजेल, पेट्रोल र एलपी ग्यास आयात घटेको छ भने गत आर्थिक वर्षको भन्दा करिब १ अर्ब २७ करोड तीन लाख कम राजस्व सङ्कलन भएको छ । एलपी ग्यास आयातबाट गत वर्ष ७९ करोड ६१ लाख रूपैयाँ राजस्व असुली हुँदा चालु आर्थिक वर्षमा ७३ करोड ८३ लाख २६ हजार रूपैयाँ मात्र राजस्व असुली भएको छ ।

कार्यालयले गत आर्थिक वर्षको भन्दा ७१ करोड ५५ लाख रूपैयाँ कम राजस्व संकलन भएको जनाएको छ । गत आर्थिक वर्षको वैशाखसम्म २ अर्ब ८४ करोड ४५ लाख रूपैयाँ बराबरको पाँच करोड ५१ लाख ४३ हजार किलो चिनी आयात गरेको थियो । यसबाट कार्यालयलाई १ अर्ब ६१ करोड चार लाख रूपैयाँ राजस्व असुली भएको थियो ।

चालु आर्थिक वर्षको १० महिनामा रु एक अर्ब ५७ करोड ६६ लाख बराबरको दुई करोड ६२ लाख ९४ हजार ९८७ किलोग्राम चिनी आयात गरेको थियो । यसबाट कार्यालयलाई ८९ करोड ४९ लाख ५९ हजार रूपैयाँ राजस्व प्राप्त भएको छ । गत आर्थिक वर्षको वैशाखसम्म ८ अर्ब ३७ करोड ७१ लाख रूपैयाँको १४ करोड ७५ लाख चार हजार ७६० किलोग्राम चामल आयात भएको थियो ।

GBIME

प्रतिक्रिया दिनुहोस्