Skip to content
Shikhar Insurance
National Life

नेपालको समावेशी विकासका लागि विश्व बैंकबाट १८ अर्ब १५ करोड प्राप्त हुँदै

Hyundai
NCELL
NIMB

काठमाडौं । विश्व बैंकले नेपालको वित्तीय क्षेत्रको हरित, लचिलो र समावेशी विकासका लागि १८ अर्ब १५ करोड रुपैयाँ उपलब्ध गराउने भएको छ । विश्व बैंकको कार्यकारी निर्देशक बोर्डले नेपालको हरित, लचिलो र समावेशी विकासमा सहयोग गर्न तथा क्षेत्रको स्थायित्व सुदृढ, वित्तीय समाधानमा विविधता ल्याउन र वित्तीय सेवाहरूमा पहुँच बढाउन ऋणस्वरूप उक्त रकम उपलब्ध गराउने निर्णय आज गरेको हो ।

व्यक्तिगत लगानीको परिचालन र आर्थिक गतिविधि सञ्चालनका लागि राम्रोसँग काम गर्ने वित्तीय प्रणाली मुख्य सक्षमता भएको माल्दिभ्स, नेपाल र श्रीलङ्काका लागि विश्व बैंकका देशीय निर्देशक फारिस हदाद–जेर्भोसले बताए । वित्तीय क्षेत्रलाई बलियो बनाएर, यो परियोजनाले नेपालको हरित, लचिलो र समावेशी पुनरुत्थान र आर्थिक वृद्धिको मार्गमा योगदान पुर्याउने तथा विशेष गरी गरिब र जोखिममा परेकाहरूलाई फाइदा पुर्याउने विश्वास उनको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

नेपाल सरकारको रूपान्तरणकारी वित्तीय क्षेत्र सुधार कार्यक्रम कार्यान्वयन, कोभिड–१९ महामारीको प्रभावको सन्दर्भमा वित्तीय स्थायित्वका जोखिमलाई सम्बोधन गन, निजी क्षेत्रको नेतृत्वमा भएको वृद्धिमा टेवा पुर्याउन, बैंकिङ क्षेत्रको पर्यवेक्षणलाई बढावा दिन तथा वित्तीय साक्षरताको माध्यमबाट तरलता र समावेशिता बढाउने प्रयासमा ऋण सहयोग उपयोगी हुने बैंकले जनाएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्