Skip to content
Shikhar Insurance
National Life

नेकपा र सुर्य चिन्हमा ओलीले कर्के आँखा लगाउन पाउँदैनन्ः अध्यक्ष नेपाल

Hyundai
NCELL
NIMB

काठमाडौं । नेकपा अध्यक्ष माधव कुमार नेपालले नेकपा पार्टी र सुर्य चिन्हमा केपी ओलीले कर्क नजर लगाउन पनि नपाउने बताएका छन् । विप्लब नेतृत्वको नेकपाका नेता दीपक अधिकारीलगायतलाई पार्टीमा स्वागत गर्दै अध्यक्ष नेपालले पार्टीको नाम र चुनाव चिह्नको सङ्घर्ष जारी रहेको भए पनि आफूहरूले नै पाउने बताए । उनले त्यसमा कोही कसैले पनि कर्के नजर लगाउन जरुरी नभएको दावी पनि गरे ।

अध्यक्ष नेपालले सर्वोच्च अदालतको फैसलाले संविधान र मुलुकको राजनीतिलाई सही बाटोमा लैजाने काम गरेकाले सो फैसला ऐतिहासिक भएको पनि बताए।

चन्द समूह राजनीतिको मूलप्रवाहमा आए पनि कम्युनिष्ट आन्दोलनको मूल प्रवाहमा आउन बाँकी रहेकाले उनीहरूलाई स्वागत गर्न आतुर रहेको उनको भनाई थियो । आफूहरूले प्रधानमन्त्री केपी शर्मा ओलीलाई अन्तिम मौका दिएको भन्दै उनले राजीनामा दिएर नैतिकता देखाउन आग्रह गरे ।
सोही कार्यक्रममा नेकपाका अर्का अध्यक्ष प्रचण्डले विप्लबलाई पार्टीमा स्वागत गर्न तयार रहेको बताएका थिए । विप्लब पनि आफुले बनाएको बाटोमै आएकाले अब मुल पार्टीमा समाहित हुनुपर्ने उनको भनाई थियो । कार्यक्रममा चन्द समूहका नेता अधिकारीको नेतृत्वमा २५० जना नेता तथा कार्यकर्ता नेकपाका प्रवेश गरेका थिए ।

GBIME

प्रतिक्रिया दिनुहोस्