Skip to content
Shikhar Insurance
National Life

नुन पूरै छोड्नु फाईदा की बेफाइदा , यस्तो छ कारण ?

Hyundai
NCELL
NIMB

काठमाडौं । खानालाई स्वादिलो ​​बनाउन नुन हरेक घरमा प्रयोग गरिन्छ । संसारमा नुन नखाने मान्छे सायदै होला । नुनमा पाइने सबैभन्दा महत्त्वपूर्ण तत्व सोडियम हो, जसको कमीले शरीरमा धेरै रोग निम्त्याउन सक्छ। सोडियमले शरीरमा पानीको स्तरलाई उचित राख्न मद्दत गर्छ। यति मात्र होइन, यसले शरीरको अन्य भागमा पोषक तत्व र अक्सिजन पुर्‍याउने काम पनि गर्छ।

नुन एउटा यस्तो चिज हो, जसलाई धेरै खानु पनि ठीक होइन र पूरै छोड्नु पनि ठिक हैन । धेरै नुन खाँदा उच्च रक्तचाप, हृदयाघात, स्ट्रोक, मृगौलाको समस्या, पेट फुल्ने, टाउको दुख्ने र डिहाइड्रेसन जस्ता समस्या हुन सक्छ। नुन धेरै कम गरीयो वा खान छो्ड्यो भने, शरीरमा इलेक्ट्रोलाइट्स असन्तुलन भई वाकवाकी लाग्ने, चक्कर लाग्ने, पखाला लाग्ने, अल्छी लाग्ने, थकान लाग्ने, मस्तिष्क सुन्निने, मांसपेशी कमजोर हुने, कब्जियत हुने, पेटको समस्या हुने जस्ता लक्षणहरु देखा पर्न सक्छन् ।

जब रगतमा सोडियमको स्तर घट्न थाल्छ, तब हाइपोनेट्रेमिया बढ्न थाल्छ । जसका कारण शरीरमा धेरै पानी जम्मा हुन थाल्छ । हाइपोनेट्रेमिया हुँदा टाउको दुख्ने, वाकवाकी लाग्ने, थकीत हुने जस्ता लक्षणहरू देखापर्दछ ।
शरीरमा सोडियमको कमीका कारण हड्डी कमजोर हुन्छ । हड्डी कमजोर हुनाले ओस्टियोपोरोसिसको जोखिम बढ्न सक्छ । विज्ञहरुका अनुसार कतिपयले नुन बढी खाँदा हुने बेफाइदाहरु थाहा पाएर यसलाई खान छाड्छन् । त्यसो गर्दा घातक साबित हुन सक्छ। समग्रमा, नुनलाई सीमित मात्रामा उपभोग गर्नुपर्छ ।–एजेन्सीको सहयोगमा

GBIME

प्रतिक्रिया दिनुहोस्