Skip to content
Shikhar Insurance
National Life

नीतिगत भ्रष्टाचार नियन्त्रण हुनेगरी कडा कानूनी व्यवस्था गर्नुपर्नेमा सांसदहरुको जोड

Hyundai
NCELL
NIMB

काठमाडौं । प्रतिनिधि सभाका सांसदहरुले नीतिगत भ्रष्टाचार नियन्त्रणका लागि कडा कानून बनाउनुपर्नेमा जोड दिएका छन् ।

सोमबार बसेको संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै सत्तारुढ प्रमुख घटक नेपाली काँग्रेसका सांसद अर्जुननरसिंह केसी लगायतका सांसदहरुले नीतिगत भ्रष्टाचार हुनेगरी मन्त्रीपरिषदले गर्ने निर्णय समेत रोक्ने गरी नीतिगत भष्टाचार नियन्त्रणका लागि बलियो कानून बनाउनुपर्ने आवश्यकता औंल्याएका हुन् ।

काँग्रेस सांसद केसीले मुलुकलाई व्रह्मलुट हुनबाट जोगाउन पनि नीतिगत भ्रष्टाचार हुन नपाउने गरी कडा कानून बनाउन आवश्यक रहेको बताए । उनले मन्त्रीपरिषद्बाट हुने नीतिगत निर्णयले पनि भ्रष्टाचारलाई बढावा दिएको सयौँ उदाहरण रहेकाले त्यसलाई नियन्त्रण हुनेगरी स्पष्ट रुपमा कानूनी व्यवस्था गर्नुपर्ने बताए ।

प्रतिपक्ष दल नेकपा ९एकीकृत समाजवादी०का सांसद शेरबहादुर कुँवरले दोषीलाई जोगाउने नियतका साथ कसुर लगाउन नहुने गरी स्पष्ट कानूनी व्यवस्था गर्न सरकारसँग माग गरे । सांसद कुँवरले वदनियतपूर्ण ढंगले कसैमाथि पनि अभियोग लगाउन नपाउने गरी कानूनी व्यवस्था गर्न पनि सरकारलाई सचेत गराए । उनले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कामकारबाहीलाई प्रभावकारी बनाउनु पनि सरकारलाई दबाब दिए ।

सांसद कुँवरले अख्तियार दुरुपयोग अनुसन्धानको कार्य क्षेत्र बिस्तार गर्ने भन्दा पनि त्यसको कामलाई अझै प्रभावकारी बनाउने विषयमा ध्यान दिनुपर्ने जानकारी दिए ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्