Skip to content
Shikhar Insurance
National Life

निश्चित सीमासम्म सेयर बिक्री गर्न सकिने व्यवस्था गर्न धितोपत्र बोर्डको ध्यानाकर्षण

Hyundai
NCELL
NIMB

काठमाडौं । निर्जीवन वीमा कम्पनीका लगानीकर्ताहरुको छाता संगठन नेपाल निर्जीवन बीमा व्यवसायी संघले आज आइतबार नेपाल धितोपत्र बोर्डसँग छलफल गरेको छ । बोर्डका कार्यकारी निर्देशक डा. नबराज अधिकारीसँग भेट गरी संघको तर्फबाट सुझावहरु प्रस्तुत गरी छलफल गरेको हो ।

संघका पदाधिकारीहरुबाट हाल सञ्चालकहरुको सेयर पदमा रहँदा र पदबाट हटेको एक बर्षसम्म पनि बिक्री गर्न नपाइने व्यवस्थाले सबै लगानीकर्ताहरु जस्तै सञ्चालकहरु समेत कम्पनीको लगानीकर्ता नै रहेको र लगानीकर्ताहरुको तर्फबाट निर्वाचित भई सञ्चालक समितिमा प्रतिनिधित्व गरेको भरमा आफुसँग रहेको सेयर सधैँ रोक्का नै गरिराख्नु न्यायोचित नहुने हुँदा सो प्रावधानलाई पुनरावलोकन गर्न अनुरोध गरेको छ ।

भारत लगायत अन्य मुलुकमा पनि अग्रिम रुपमा सञ्चालकले घोषणा गरेर सेयर बिक्री गर्ने व्यवस्था रहेको र नेपालमा पनि त्यस्तै व्यवस्था गरी वा नियमानकारी निकायको स्वीकृति लिई निश्चित सीमासम्म आफ्नो सेयर बिक्री गर्न सकिने व्यवस्था गर्न बोर्डको ध्यानाकर्षण गराइएको थियो ।उक्त भेटघाटमा संघका तर्फबाट अध्यक्ष राजेन्द्र मल्ल, उपाध्यक्ष मनोहर दास मुल, कोषाध्यक्ष रमेश कुमार निरौला, सदस्य आजाद श्रेष्ठ एवं बालकृष्ण श्रेष्ठ समेतको उपस्थिति रहेको थियो ।

GBIME

प्रतिक्रिया दिनुहोस्