Skip to content
Shikhar Insurance
National Life

निर्वाचन व्यवस्थापनसम्बन्धि विधेयक तत्काल संसदमा पेश हुन्छ : उपप्रधानमन्त्री लामिछाने

Hyundai
NCELL
NIMB

काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले निर्वाचनसम्बन्धि विधेयक तत्काल संसदमा पेश गर्ने बताएका छन् । आइतबार निर्वाचन आयोगका पदाधिकारीहरुसँगको अन्तरक्रिया कार्यक्रममा उनले राजनीतिक दलसम्बन्धि विधेयक र निर्वाचन आयोगसम्बन्धि विधेयक तत्काल संसदमा पेश गर्ने बताएक हुन् ।

उनले निर्वाचन आयोगले समग्र निर्वाचनमा प्रणालीमा देखिएको विकृति, विसंगतिको समस्या हल हुने र राजनीतिक दलहरु र सिंगै मुलुकको लोकतन्त्र बलियो हुने विश्वास समेत व्यक्त गरे ।

आफूले आयोगका पदाधिकारीलाई निर्वाचनसँग सम्बन्धित विधेयकहरु संसदमा पेश गरेर चाँडो भन्दा चाँडो ती विधेयकलाई पारित गर्ने हुटहुटी आफूमा रहेको कुरा पनि आयोग समक्ष राखेको उपप्रधानमन्त्री लामिछानेले बताए । उनले ती विधेयकहरुमा अन्तिम छलफल गरेपछि तुरुन्तै संसदमा लैजान जानकारी गरे ।

निर्वाचन व्यवस्थापन सम्बन्धि विधेयक र राजनीतिक दलसम्बन्धि संशोधन विधेयकका विषयमा उपप्रधानमन्त्री तथा गृहमन्त्री लामिछानेसँग छलफल गरिएको निर्वाचन आयोगका सहायक प्रवक्ता रामदत्त पाण्डेयले जानकारी दिए ।

बैठकमा निर्वाचन आयोगको तर्फबाट प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन आयोगको पछिल्लो कामकारबाही बारे पनि उपप्रधानमन्त्री लामिछानेलाई बिफ्रिङ गरेका थिए ।

न्युज एजेन्सी नेपाल

 

GBIME

प्रतिक्रिया दिनुहोस्