Skip to content
Shikhar Insurance
National Life

निर्माण व्यवसायीहरूको ठूलो रकम भुक्तानी नहुँदा ‘सप्लाई चेन’ नै अस्तव्यस्त छ : महासंघ

Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल निर्माण व्यवसाय महासंघले निर्माण व्यवसायीहरूको ठूलो रकम भुक्तानी नहुँदा ‘सप्लाई चेन’ नै अस्तव्यस्त भएकाे बताएकाे छ । संघले शुक्रबार राजधानीमा एक पत्रकार सम्मेलन गर्दै यस्तो बताएको हो ।

सम्मेलनमा बाेल्दै संघका महासचिव रोशन दाहालले राज्यले दिनुपर्ने कुनै पनि सहुलियत नदिई उल्टै व्यवसायीहरूलाई दिनहुँ कालोसूचीमा राखिएबाट व्यवसायीहरुमा गम्भिर मनोवैज्ञानिक निराशा बढ्दै गएको बताए । व्यवसायीहरुको ठूलो रकम भुक्तानी नहुँदा उनीहरूले मानसिक रुपमा विक्षप्त भएको विषयमा महासंघले केही महिना अघिदेखि नै सरोकारवाला निकायहरूको ध्यानाकर्षण गराएपनि हालसम्म कुनै सुनुवाई नभएको दाहालको गुनासो छ ।

असार १४ गते शुक्रबारदेखि अर्थ मन्त्रालयबाट रकमान्तर र बजेट भक्तानी सम्बन्धी खर्चको कुनै पनि फाइल अगाडि नबढेको संघले जनाएको छ । संघले भन्यो, ‘यसरी व्यवसायीहरूको ठूलो रकम अहिलेसम्म भुक्तान नभएको परिस्थितिमा सार्वजनिक निकायहरुले ठेक्का अन्त्य गर्दै बैंक जमानत दाबी गरी व्यवसायीहरुको जायजेथा तथा सम्पत्ति निलाम गरिहेको हुँदा अधिकाश निर्माण व्यवसायीहरु आर्थिक रुपमा कम्जोर भएका छन् ।’

साथै, सरकारको पुँजीगत खर्च गर्ने क्षमता अत्यन्तै कमजोर भएको अवस्थामा निर्माण कार्यहरू सुचारु नभए‌काले देशको अर्थतन्त्रमै थप क्षति हुन नदिनका लागि निर्माण व्यवसायीहरूको बाँकी रहेको भुक्तानी तत्काल उपलब्ध गराउन महासंघले माग गरेकाे छ । व्यवसायीहरूको रकम भुक्तान नभएसम्म नयाँ टेण्डरहरू ननिकाल्न र बजेट सुनिश्चितता नभएका भूक्तानी लगायतका समस्याले पूरा हुन नसकेका ठेक्काहरू कानून बमोजिम सुविस्ताका आधारमा अन्त्य गरी फरफारक गरिदिन समेत संघले आग्रह गरेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्