Shikhar Insurance
National Life

निर्जीवन बीमा कम्पनीहरुको कुल बीमा शुल्क २० अर्ब ८८ करोड, टप वानमा शिखर इन्स्योरेन्स

सिंहदरबार संवाददाता
२०८१ माघ १०, बिहीबार १७:५२
Hyundai
NCELL
NIMB

काठमाडौं । चालु आर्थिक वर्षको पुष मसान्तसम्म निर्जीवन बीमा कम्पनीहरुले २० अर्ब बढी रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन् । नेपाल बीमा प्राधिकरणले आज (बिहिबार) सार्वजनिक गरेको विवरण अनुसार सञ्चालनमा रहेका १४ निर्जीवन बीमा कम्पनीहरुले कुल २० अर्ब ८८ करोड ३५ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको हो ।

चालु आवको ६ महिनामा सबैभन्दा धेरै बीमाशुल्क आर्जन गर्ने पहिलो नम्बरमा शिखर इन्स्योरेन्स कम्पनी रहेको छ । कम्पनीले यो अवधिमा २ अर्ब ५९ करोड २ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । त्यसै, सर्वाधिक बीमा शुल्क आर्जन गर्ने दोस्रो नम्बरमा सगरमाथा लुम्बिनी रहेको छ । कम्पनीले २ अर्ब ५५ करोड ३६ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

त्यस्तै, सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको २ अर्ब १३ करोड ८० लाख रुपैयाँ, आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको १ अर्ब ७३ करोड ७१ लख रुपैयाँ, हिमालयन एभरेष्ट इन्स्योरेन्सको १ अर्ब ७१ करोड ८४ लाख रुपैयाँ कुल बीमाशुल्क रहेको छ ।

चालु आवको पुस महिनासम्म नेको इन्स्योरेन्सले १ अर्ब ६६ करोड ५१ लख रुपैयाँ, एनएलजी इन्स्योरेन्सले १ अर्ब ४० करोड ७० लाख रुपैयाँ, दि ओरिएन्टल इन्स्योरेन्सले १ अर्ब ३४ करोड ५५ लाख रुपैयाँ, युनाइटेड अजोड इन्स्योरेन्सले १ अर्ब २० करोड ३७ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका छन् ।

यस्तै, सानिमा जिआइसी इन्स्योरेन्सको १ अर्ब १९ करोड ३१ लख रुपैयाँ, नेपाल इन्स्योरेन्सको १ एक अर्ब ९ करोड ३२ रुपैयाँ, प्रभु इन्स्योरेन्सको ९० करोड ३९ लाख रुपैयाँ नेशनल इन्स्योरेन्सको ६२ करोड रुपैयाँ कुल बीमा शुल्क रहेको छ ।

सरकारी स्वामित्व रहेको राष्ट्रिय बीमा कम्पनीको ७१ करोड २१ लाख रुपैयाँ कुल बीमा शुल्क रहेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्