Skip to content
Shikhar Insurance
National Life

निरन्तर तेस्रो दिन घट्यो सेयर बजार, कारोबार रकममा पनि गिरावट

Hyundai
NCELL
NIMB

काठमाडौं । साताको थौचो कारोबारको दिन सेयर बजार सामान्य अंकले घटेर बन्द भएको छ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गरेको दिन आइतबार ६३ अंकले बढेको सेयर बजार त्यसयता निरन्तर तेस्रो कारोबारको दिन घटेको हो । तिन दिनको कारोबारमा नेप्से परिसूचक ७० अंकले ओरालो लागिसकेको छ ।

मौद्रिक नीतिमार्फत गरिएको सेयर कर्जाको जोखिम भार ५० लाख सम्मको लागि मात्र शतप्रतिशत भएको व्यवस्था गरेको समाचारपछि घट्न थालेको बजारले यस दिन पनि सो क्रमलाई निरन्तरता दिएको हो।

बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ८.११ अंक घटेर २,१५६.२०) को विन्दुमा झरेको छ । त्यसैगरी, ठूला कम्पनीको सेयर मापक सेन्सेटिभ इण्डेक्स पनि २.०५ अंक घटेर ४०९.११ को विन्दुमा बन्द भएको हो ।

यसदिन नेप्सेसँगै कारोबार रकम पनि घटेको छ । अघिल्लो दिन २ अर्ब ९१ करोडको कारोबार भएको बजारमा यसदिन २६० कम्पनीको ७३ लाख ९९ हजार ४७४ कित्ता सेयर ४२ हजार ७१४ पटक खरिदबिक्री हुँदा २ अर्ब ४३ करोड २५ लाख रुपैयाँ बराबरको सेयर खरिदबिक्री भए । कारोबारमा आएको ६७ कम्पनीको सेयर मूल्य बढेको छ । १४१ कम्पानीको सेयर मूल्य घटेको छ भने, ९ कम्पनीको सेयर मूल्य स्थिर छ ।

नेप्सेका अनुसार किसान लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य सर्वाधिक ६.९६ प्रतिशतले बढेको छ । त्यस्तै, ग्रीन डेपलपमेण्ट बैंकको ६.५८ प्रतिशत, बाराही हाइड्रोपावर कम्पनीको ३.४० प्रतिशत सेयर मूल्य बढेको छ भने, बाँकी कम्पनीको सेयर मूल्य ३ प्रतिशत भन्दा कमले बढेको छ । कारोबारमा आएको जाल्पा सामुदायिक लघुवित्तको सेयर मूल्य सबैभन्दा बढी ६.४९ प्रतिशतले घटेको छ ।

कारोबार रकमको आधारमा ग्लोबल आइएमई बैंकको संस्थापक सेयर सबैभन्दा बढी खरिदबिक्री भएको छ । बैंकको उक्त सेयर १५ करोड १२ लाख रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको हो ।

त्यस्तै, शिवम् सिमेन्टको ९ करोड ४९ लाख, नेपाल रिइनस्योरेन्सको ८ करोड, हिमालयन लाइफ इन्स्योरेन्सको ६ करोड ९७ लाख र एभरेष्ट बैंकको ६ करोड ८९ लाख रुपैयाँ बराबरको सेयर खरिदबिक्री भई शीर्ष पाँच भित्र रहेको छ ।

१३ उपसमूहमध्ये यस दिन ३ उपसमूहको परिसूचक बढेको छ भने १० उपसमूहको परिसूचक घटेको छ। यस दिन वित्त, म्युचुअल फण्ड र अन्य उपसमूहको परिसूचक बढेको हो। कारोबारमा आएको होटल तथा पर्यटन उपसमूहको परिसूचक यस दिन सर्वाधिक १.४२ प्रतिशत घटेको छ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्