Skip to content
Shikhar Insurance
National Life

नियमित कार्यालय नआउने ४ कर्मचारीको हाजिरीमा पालिकाको रातो मसी, को-को परे कारबाहीमा?

Hyundai
NCELL
NIMB

खोटाङ । दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले बिनाजानकारी कार्यालयमा अनुपस्थित हुने र कार्यालय छाड्ने चार जना कर्मचारीको हाजिरी पुस्तिकामा रातो मसी लगाइदिएको छ । बिनाजानकारी कार्यालय नआउने र कार्यालय छाडेर हिँडेको भन्दै नगरपालिकाका आलेप अधिकृत मोहन भट्टराई र अधिकृत छैटौँ रामप्रसाद आचार्यको चार–चार दिन, लेखापाल नवराज रिजालको एक दिन र अमिन सुमनकुमार देवको सात दिनको हाजिरी पुस्तिकामा नगरपालिकाले रातो मसी लगाइदिएको हो ।

नगरप्रमुख तीर्थराज भट्टराईले आज बिहान १०ः४५ बजे गरेको छड्के अनुगमनका क्रममा बिनाजानकारी कार्यालय नआउने र कार्यालय छाडेर हिँड्ने कर्मचारीको पहिचान गरेर हाजिरीमा रातो मसी लगाइएको जनाइएको छ । नगरप्रमुख भट्टराईको निर्देशनमा प्रशासन शाखा सहायक जानुका श्रेष्ठले हाजिरी फाइल चेक गर्दै चार जना कर्मचारीको हाजिरीमा रातो मसी लगाइदिएका हुन्।

नियमन गर्दै नियमित ढङ्गबाट सेवा प्रवाहका लागि बिनाजानकारी कार्यालय नआउने र कार्यालय छाडेर हिँड्ने कर्मचारीको हाजिरीमा रातो मसी लगाइएको नगरप्रमुख भट्टराईले जानकारी दिए। कतिपय कर्मचारी बेलामा कार्यालय नआउने, कार्यालय आएका कतिपय कर्मचारी पनि कार्यालय समयमा नभेटिनेलगायतका गुनासो सेवाग्राहीबाट आएपछि नगरप्रमुख भट्टराईले छड्के अनुगमन गरेका हुन्।

नगरप्रमुख भट्टराईले समयमै कार्यालय आउन र पोशाक अनिवार्य लगाउन निर्देशन दिदै प्रक्रिया पुर्याएर बिदामा बस्न र कार्यालय बाहिर ननिस्कन कर्मचारीलाई सुझाव दिएका छन्। नगरप्रमुख भट्टराईको कारबाहीमा परेका कतिपय कर्मचारी कार्यालयको कामभन्दा बढी राजनीतिक क्रियाकलापमा सक्रिय रहने गरेको बताइन्छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्