Skip to content
Shikhar Insurance
National Life

निफ्राले पनि ०.५ प्रतिशत काउन्टर साइक्लिकल बफर लागू गर्नुपर्ने, निक्षेप राख्न प्यान अनिवार्य

Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल राष्ट्र बैंकले नेपाल इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट बैंक (निफ्रा) लाई काउन्टर साइक्लिकल बफर लागू गर्न निर्देशन दिएको छ । सोमबार राष्ट्र बैंकले निफ्रालाई परिपत्र जारी गर्दै ०.५ प्रतिशत काउन्टर साइक्लिकल बफर लागू गर्न निर्देशन दिएको हो ।

राष्ट्र बैंकले पूर्वाधार विकास बैंकलाई जारी गरेको एकीकृत निर्देशन, २०७९ मा संशाेधन गर्दै २०८१ असार मसान्तसम्म ०.५ प्रतिशत काउन्टर साइक्लिकल बफर लागू गर्दै प्राथमिक पुँजीकोष अनुपात ९ प्रतिशत कायम गर्नुपर्ने व्यवस्था गरेको गरेको छ ।

यसैगरी, राष्ट्र बैंकले निफ्रामा निक्षेप राख्ने निक्षेपकर्ताको स्थायी लेखा नम्बर (प्यान) अनिवार्य गरेको छ । राष्ट्र बैंकले एकीकृत निर्देशन संशाेधन गर्दै निफ्रालाई कर्जाको पुनरतालिकीकरण तथा पुनर्संरचना गर्न पाउने व्यवस्था गरेको छ ।

निफ्राले अब होटल तथा रेष्टुरेन्ट, निर्माण (सिमेन्ट, डण्डी, इँटा/ब्लक, पाइप्स् एण्ड फिटिङ्गस् लगायतका उद्योगमा प्रवाहित कर्जासमेत) यसैगरी,शिक्षा, स्वास्थ्य क्षेत्रसँग सम्बन्धित कर्जा तथा बाढी, पहिरो, भूकम्पजस्ता प्राकृति कर दैवी प्रकोपबाट प्रभावित भएका परियोजनामा लगानीमा रहेको कर्जालाई ऋणीको अनुरोधमा उद्योग व्यवसायको नगद प्रवाह तथा आम्दानी विश्लेषण गरी आवश्यकता र औचित्यको आधारमा बुझाउनुपर्ने व्यवस्था पनि गरेको छ ।

राष्ट्र बैंकले ब्याजको कम्तीमा १० प्रतिशत रकम असुलउपर गरी देहायका शर्तहरुको अधीनमा रही कर्जाको पुनरतालिकीकरण तथा पुनर्संरचना गर्न सक्ने वयवस्था गरेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्