Skip to content
Shikhar Insurance
National Life

निजी क्षेत्रलाई चलायमान बनाउन जोड दिनुपर्छ : सांसद पराजुली

Hyundai
NCELL
NIMB

काठमाडौं । सांसद गणेश पराजुलीले निजी क्षेत्रलाई चलायमान बनाउन जोड सधै सदनमा कुरा उठाउदै आएको बताएका छन् ।

उनले सोमबार राजधानीमा आयोजित ‘नेपाल-अमेरिकाबिच व्यापार र लगानिको सम्भावना र चुनौती’सम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै यस्तो बताएका हुन् ।

कार्यक्रममा सदस्य पराजुलीले अमेरिकाले नेपाललाई ७७ वटा बस्तुमा सहुलियत दिइरहेको बताउँदै नेपालमा उत्पादित तयारी पोसाकमा मात्र नभइ अन्य बस्तुमा समेत सम्भावना बढाउनु पर्नेमा जोड दिए ।

‘नेपालबाट निर्यात भएका सामग्रीहरु प्रती अमेरिका सकारात्मक छ । निर्यात क्षेत्रको सुधारका लागि गर्नुपर्ने सबै कामहरु बारे प्रत्येक दिन सम्बन्धित निकाएमा कुरा गरिरहेको छु’ उनले भने ।

त्यसैगरि, उनले हाल झन्डै ११ प्रतिशत बस्तु नेपालबाट अमेरिका निर्यात भइरहेको उल्लेख गरे । उनले आगामी निर्यातलाई प्रबर्द्धन गर्न आवस्यक पर्ने ठाउमा आफू सधै खडा रहने प्रतिबद्धता समेत व्यक्त गरे ।

GBIME

प्रतिक्रिया दिनुहोस्