Skip to content
Shikhar Insurance
National Life

निजी क्षेत्रको मनोबल उकास्ने खालको मौद्रिक नीति ल्याउन अर्थमन्त्रीसमक्ष अध्यक्ष अग्रवालको आग्रह

Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल उद्योग परिसंघले निजी क्षेत्रको मनोबल उकास्ने खालको मौद्रिक नीति ल्याउन अर्थमन्त्रीसमक्ष आग्रह गरेको छ ।

परिसंघका नवनिर्वाचित अध्यक्ष राजेशकुमार अग्रवाल नेतृत्वको टोलीले अर्थमन्त्री डा.प्रकाशशरण महतलाई भेटेर अर्थतन्त्रलाई चलायमान बनाउने र घटेको निजी क्षेत्रको मनोबल उकास्ने खालको मौद्रिक नीति ल्याउन आग्रह गरेको हो ।

परिसंघको टोलीले छ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्न बजेटको प्रभावकारी कार्यान्वयन एवं खुकुलो मौद्रिक नीति ल्याउन सुझावसमेत दिएको छ ।

अध्यक्ष अग्रवालले आन्तरिक उत्पादनलाई प्रवर्द्धन गर्न चोरी पैठारी नियन्त्रणका लागि कठोर बन्न सरकारलाई आग्रहसमेत गरे। परिसंघले उद्योगी व्यवसायीलाई उधारो उठाउन सहजीकरण गर्न उधारो उठाउने ऐन र अग्रिम जमानत कानून ल्याउनुपर्ने बताएको छ ।

भेटमा अर्थमन्त्री डा महतले निजी क्षेत्रको मनोबल उच्च राख्ने वातावरण सरकारले निर्माण गर्ने बताए। उनले परिसंघले उठाएका विषयहरूलाई गम्भीतापूर्वक लिएको उल्लेख गरे। अर्थमन्त्री डा महतले परिसंघको नयाँ कार्यसमितिलाई सफल कार्यकालको शुभकामना दिएका थिए ।

GBIME

प्रतिक्रिया दिनुहोस्